

-
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज काठमाण्डु गोर्खाज र कर्णाली याक्सले खेल्दैछन् । खेल कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा दिउँसो साढे ३ बजे शुरु हुनेछ ।
काठमाण्डु ५ खेलमा ३ जीत र २ हारसहित ६ अङ्क जोड्दै तालिकाको तेश्रो स्थानमा छ । कर्णाली ४ खेलमा १ जीत र तीन हारसहित २ अङ्कका साथ छैटौं स्थानमा छ । दुवै टोलीको प्ले अफमा पुग्ने सम्भावना कायमै छ ।
हिजो भएको खेलमा लगातार ५ वटा खेल जित्दै सुदूरपश्चिम रोयल्सले प्ले अफमा स्थान बनाएको छ । साविक विजेता जनकपुर बोल्ट्सलाई ६ विकेटले हराएर सुदूरपश्चिम यो सिजन प्ले अफमा पुग्ने पहिलो टोली बनेको छ । अहिलेसम्म एक खेल पनि जित्न नसकेको जनकपुर अङ्कतालिकाको पुछारमा छ ।
यस्तै हिजोको खेलमा लुम्बिनी लायन्सले पोखरा एभेञ्जर्सलाई २ विकेटले हरायो । लुम्बिनीको पनि प्ले अफमा पुग्ने सम्भावना कायमै छ । लुम्बिनी ५ खेलमा चार अङ्कसहित तालिकाको पाँचौ स्थानमा छ । अङ्कतालिकामा विराटनगर दोस्रो र चितवन चौथो र पोखरा सातौँ स्थानमा छ ।
एनपीएलमा आठ वटा फ्रेन्चाइज टोली सहभागी छन् । गएको मङ्सिर १ गतेदेखि सुरू भएको दोस्रो संस्करणको एनपीएल क्रिकेट यहि २७ गतेसम्म चल्नेछ ।
News Desk 0 response आइतवार, मंसिर १५, २०८२

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


