

-
काठमाडौं : ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सर्वोच्च अदालतका प्रधानन्यायाधीशलगायत विवादित न्यायाधीशहरूमाथि यथाशीघ्र निष्पक्ष छानबिन गर्न माग गरेको छ ।
संस्थाले आज विज्ञप्ति निकालेर केही न्यायाधीशहरूको बिचौलियाहरूसँग साँठगाँठ रहेको भन्ने विषयमा आएका समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै निष्पक्ष छानबिनका लागि सरकारसँग माग गरेको हो ।
संस्थाका उपाध्यक्ष सरोजप्रसाद पाण्डेले निकालेको विज्ञप्तिमा न्यायपालिकाको निष्पक्षतामा राजनीति, सरकार र बिचौलियाको प्रभाव रहेको भनी लामो समयदेखि प्रश्न उठिरहेको उल्लेख गरिएको छ ।
विचाराधीन मुद्दासँग सम्बन्धित पक्ष वा बिचौलियाहरूसँग सम्पर्कमा आउनु न्यायाधीशहरूको नैतिकता र आचारसंहिताको गम्भीर उल्लङ्घन भएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको ठहर छ ।
आक्षेप लागेका व्यक्तिहरूको सार्वजनिक स्पष्टीकरणले मात्र उठेका प्रश्नहरूको समाधान दिन नसक्ने भन्दै संस्थाले समाचारमा इङ्गित गरिएका न्यायाधीशहरूले उठेका प्रश्नहरूको समाधान नभएसम्म न्याय सम्पादन कार्यमा संलग्न नहुन आग्रह गरेको छ ।
साथै यस विषयको गाम्भीर्यतालाई मध्यनजर गर्दै ढिला नगरी संसदीय समितिमार्फत तथ्यगत अनुसन्धान गरी आवश्यक निर्णय गर्न र सम्बन्धित न्यायाधीशहरूको सम्पत्ति छानबिनलाई पनि अनुसन्धानको दायरामा ल्याउन संस्थाले माग गरेको छ ।
News Desk 0 response सोमवार, कार्तिक १७, २०८३

सम्बन्धित शीर्षकहरु
-
एनपीएल : चितवनलाई पाँच विकेटले हराउँदै सुदूरपश्चिमको..
सोमवार, कार्तिक १७, २०८३ -
मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ
सोमवार, कार्तिक १७, २०८३ -
विवादित न्यायाधीशमाथि छानबिन गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको..
सोमवार, कार्तिक १७, २०८३ -
सर्वोच्चका प्रस्तावित चार न्यायाधीशविरुद्ध ९ उजुरी
सोमवार, कार्तिक १७, २०८३ -
भारतका विदेश सचिव विक्रम मिश्री बुधबार नेपाल..
सोमवार, कार्तिक १७, २०८३
-
एनपीएल : चितवनलाई पाँच विकेटले हराउँदै सुदूरपश्चिमको..
सोमवार, कार्तिक १७, २०८३ -
मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ
सोमवार, कार्तिक १७, २०८३ -
विवादित न्यायाधीशमाथि छानबिन गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको..
सोमवार, कार्तिक १७, २०८३ -
भारतका विदेश सचिव विक्रम मिश्री बुधबार नेपाल..
सोमवार, कार्तिक १७, २०८३ -
जापानका लागि प्रस्तावित राजदूत थापाले फिर्ता लिए..
सोमवार, कार्तिक १७, २०८३
-
टोरन्टोमा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड..
मङ्लबार, कार्तिक ११, २०८३ -
एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवनको..
मङ्लबार, कार्तिक ११, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३


