• काठमाडौं : भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने नेपाल भ्रमणको सिलसिलामा बुधबार काठमाडौं आउने भएका छन् । परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै भारतीय विदेश सचिवको नेपाल भ्रमणको औपचारिक घोषणा गरेको हो ।

    प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन०को भ्रमणका एजेन्डा तय गर्न उनी नेपाल आउन लागेका हुन् । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा भारतका विदेश सचिव कात्तिक १८ देखि १९ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्न लागेको विज्ञप्तिमा उल्लेख छ ।

    “भ्रमणका क्रममा, नेपालका परराष्ट्र सचिवले भारतका विदेश सचिवसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ । दुई देशबीचको लामो समयदेखिको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यका साथ, दुवै पक्षले नेपाल–भारत सम्बन्धका विविध आयामहरूको समीक्षा गर्नुका साथै आपसी हितका विषयहरूमा विचार आदान–प्रदान गर्नेछन्,” परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

    भारतका विदेश सचिवले नेपालका उच्चपदस्थ विशिष्ट व्यक्तिहरूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको जनाइएको छ । भारतका विदेश सचिव कात्तिक १९ गते स्वदेश फर्किने छन् ।