

-
यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना अनुसन्धानकर्तालाई प्रदान गरिने भएको छ । नोबेल पुरस्कार समितिले नवप्रवर्तनबाट उत्प्रेरित आर्थिक वृद्धिको व्याख्या गर्ने जोएल माकर, फिलिप एगिअन र पिटर हाउइटलाई संयुक्त रूपमा पुरस्कृत गर्ने निर्णय गरेको हो ।
पुरस्कारको एक भाग प्राविधिक उन्नतिमार्फत हुने दीर्घकालीन वृद्धिका आधारभूत पक्ष पहिचान गर्ने माकरले तथा बाँकी भाग सिर्जनात्मक विनाशमार्फत दीर्घकालीन वृद्धिको सिद्धान्त प्रतिपादन गर्ने एगिअन र हाउइटले पाउने समितिले जनाएको छ ।
माकर अमेरिकाको नर्थवेस्टर्न विश्वविद्यालयसँग सम्बद्ध हुनुहुन्छ । यस्तै एगिअन फ्रान्सको कलेज डे फ्रान्स र लन्डन स्कूल अफ इकोनोमिक्ससँग तथा हाउइट अमेरिकाकै ब्राउन विश्वविद्यालयसँग आबद्ध हुनुहुन्छ ।
योसँगै यस वर्ष नोबेल पुरस्कार पाउने विजेताहरूको घोषणा समाप्त भएको थियो । यसअघि चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य र शान्तिर्फको नोबेल पुरस्कार घोषणा भएको थियो ।
भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साहित्य र अर्थशास्त्रतर्फको पुरस्कार स्वीडनको स्टकहोममा प्रदान गरिन्छ । यस्तै नोबेल शान्ति पुरस्कार नर्वेको ओस्लोमा प्रदान गरिन्छ ।
हरेक विधामा पुरस्कृत हुने व्यक्ति वा संस्थाले १ करोड १० लाख स्वीडिश क्रोनर नगद पुरस्कार र पदक पाउँछन् । नोबेल पुरस्कार डिसेम्बर १० मा एउटा विशेष समारोहका बीच वितरण गरिन्छ । यस दिन अल्फ्रेड नोबेलको स्मृति दिवस पर्छ ।
News Desk 0 response सोमवार, अशोज २७, २०८२

सम्बन्धित शीर्षकहरु
-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३
-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३



