

-
काठमाडौं : भृकुटीमण्डपमा नाडा अटो शो प्रदर्शनी चलिरहेको छ । प्रदर्शनीमा नेपालमै पहिलोपटक सार्वजनिक रूपमा ‘उड्ने ट्याक्सी’ पनि राखिएको छ । उड्ने ट्याक्सी हेर्न प्रदर्शनीमा ठूलो भीड लागेको छ । नयाँ प्रविधिप्रतिको जनचासो स्पष्ट झल्काउने यो दृश्यले भविष्यको यातायात कस्तो हुनेछ भन्ने उत्सुकता बढाइदिएको छ ।
उड्ने ट्याक्सी देख्दा धेरैलाई जिज्ञासा उठ्न स्वाभाविक छ । सामान्यतया हामी ट्याक्सी भन्नासाथ सडकमा यात्रु बोकेर चल्ने सानो गाडी सम्झन्छौँ । तर उड्ने ट्याक्सीमा त पाङ्ग्रा नै छैन, त्यसैले धेरैलाई लाग्न सक्छ, पाङ्ग्रा नभएको ट्याक्सी हुन्छ र ? वा उड्ने कुरा गर्दा पनि यसलाई ट्याक्सी भन्न मिल्छ र ?
जस्तै हवाईजहाजले एकैचोटि धेरै यात्रु बोक्ने भएर एअरबस भनिएको हो । त्यस्तै उड्ने ट्याक्सीले एकचोटिमा दुई जना यात्रु मात्र बोक्छ । यही आधारमा अहिले प्रदर्शनीमा राखिएको उपकरणलाई उड्ने ट्याक्सी भनिएको हो ।
प्रदर्शनीमा राखिएको ‘उड्ने ट्याक्सी’ साधारण गाडीभन्दा फरक देखिन्छ । हेर्दा यो एक प्रकारको ठूलो ‘ड्रोन’ जस्तो छ । बीच भागमा सानो हेलिकप्टरको ककपिट जस्तो ठाउँ छ, जहाँ दुई जना यात्रु बस्न मिल्ने गरी दुई वटा सिट छन् । पछाडि सानो डिक्की पनि छ, जहाँ सामान राख्न सकिन्छ ।
यो ट्याक्सी ब्याट्रीबाट चल्छ । यसको तौल ३ सय ४० किलो छ । यसमा आठ वटा हात (प्रोपेलर) छन्, जसमा १६ वटा मोटर १६ वटा पङ्खासँगै जडान गरिएको छ । यदी उड्दा उड्दै कुनै एउटा पङ्खा नचले पनि अरू पङ्खा चलिरहन्छन् ।
प्राविधिक भाषामा यसलाई ईभीटोल भनिन्छ । यसको अर्थ हो– यो विद्युतीय ट्याक्सी ठाडै आकाशमा उड्न र अवतरण गर्न सक्छ । यसमा पाइलट वा चलाउने मान्छे बस्नै पर्दैन । यो ट्याक्सी पूर्णतः स्वचालित हो ।
यसमा भएको जीपीएस र रडार सेन्सरले बाटो पत्ता लगाउँछ र कुन ठाउँबाट कुन ठाउँमा जानु छ भन्ने कुरा पहिल्यै सेट गर्नुपर्छ । जस्तै– अनामनगर सिंहदरबारदेखि बानेश्वरको संसद् भवनसम्मको यात्रा गर्नुपर्यो भने शुरूमा नै रुट सेट गरिन्छ, त्यसपछि ट्याक्सी आफैँ उड्छ, गन्तव्यमा अवतरण गर्छ, अनि फर्किँदा पनि उही बाटो फर्किन्छ ।
यसको प्रयोग पनि अहिलेको राइड–शेयरिङ एप जस्तै हो । यात्रुले गन्तव्य रोज्नुहुन्छ, ट्याक्सी स्वतः त्यही रुटमा उड्छ । अझ सुरक्षा सुनिश्चित गर्न, यसमा भएको कोलिजन सेन्सरले अगाडि कुनै अवरोध भेट्टाए तुरुन्तै पत्ता लगाएर ठोक्किनबाट बचाउँछ ।
यो उड्ने ट्याक्सी एक पटकमा ३० मिनेटसम्म उड्न सक्छ र १ हजार मिटरमाथिसम्म पुग्न सक्छ । यसले ३ सय किलोसम्म वजन बोक्न सक्छ । यसको गति घण्टामा १ सय ३० किलोमिटर सम्म पुग्छ । ट्याक्सीलाई खुला छत वा खुला ठाउँमा सजिलै राख्न सकिन्छ ।
यो ट्याक्सी मुख्य रूपमा छोटो दूरीका लागि उपयुक्त छ र शहरभित्र केन्द्रित छ । यसलाई कम ठाउँमा उड्न र बस्न मिल्ने डिजाइन गरिएको छ । अहिले यो प्रयोगमा ल्याउन अनुमति छैनस प्रयोग गर्न नागरिक उड्डयन प्राधिकरणबाट विशेष अनुमति लिनुपर्छ ।
उड्ने ट्याक्सीको सबैभन्दा ठूलो फाइदा भनेको पर्यावरणमैत्री हुनु हो । मूल्य निर्धारण अझै निश्चित भैसकेको छैन तर प्रारम्भिक अनुमान अनुसार यसको मूल्य झन्डै ८ करोड नेपाली रुपैयाँ लाग्न सक्छ ।
नेपालमा यसको सम्भावना धेरै छ । सडक सञ्जाल कमजोर र भौगोलिक अवस्था अनुसार, कुनै ठाउँमा विपद् आए यातायात ठप्प हुन्छ । तर उड्ने ट्याक्सीले ट्राफिक जाम, आपत्कालीन स्वास्थ्य सेवा र पर्यटन क्षेत्रमा ठूलो योगदान दिन सक्छ ।
अमेरिका, बेलायत, चीन, यूएई, युरोपका इटाली, जर्मनी, बेलायतलगायत देशमा अहिले उड्ने ट्याक्सीको परीक्षण भइरहेको छ । अहिले ८ सय किलोमिटरसम्म उडाउन सक्ने उड्ने ट्याक्सी बनाउने काम भइरहेको छ । जसरी मोबाइल फोनले छोटो समयमा धेरै मानिससम्म पहुँच बनायो र अहिले विद्युतीय गाडी लोकप्रिय हुँदैछ, त्यसैगरी उड्ने ट्याक्सी पनि केही वर्षभित्र नेपाली आकाशमा उडिरहेको देख्न सकिने छ ।
‘एमएडब्ल्यू’ अन्तर्गतको दिपल कम्पनीको सहकार्यमा प्रदर्शनीमा राखिएको यो उड्ने ट्याक्सी चीनको ‘इह्याङ कम्पनी’ र ‘चाङ्गन अटोमोबाइल्स’ ले संयुक्त रूपमा निर्माण गरेका हुन् । दिपल कम्पनीले यसलाई नेपालमा ल्याएको हो ।
News Desk 0 response शनिबार, भदौ ७, २०८२

सम्बन्धित शीर्षकहरु
-
रुसी तेल किन्न पाउने सीमा एक महिना..
आइतवार, बैशाख ६, २०८३ -
अमेरिकी सहायक विदेश मन्त्री समिर पल नेपाल..
आइतवार, बैशाख ६, २०८३ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
अस्ट्रेलिया र जापानबीच ७ अर्ब डलरको युद्धपोत..
शनिबार, बैशाख ५, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३
-
रुसी तेल किन्न पाउने सीमा एक महिना..
आइतवार, बैशाख ६, २०८३ -
अमेरिकी सहायक विदेश मन्त्री समिर पल नेपाल..
आइतवार, बैशाख ६, २०८३ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
अस्ट्रेलिया र जापानबीच ७ अर्ब डलरको युद्धपोत..
शनिबार, बैशाख ५, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३
-
सिंहदरवार भित्र ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने सरकारको..
सोमवार, चैत्र ३०, २०८२ -
नयाबर्षदेखि काठमाडौंमा राती पनि सार्वजनिक बस चल्ने
सोमवार, चैत्र ३०, २०८२ -
चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले पनि मागे हप्तामा दुई..
आइतवार, चैत्र २९, २०८२ -
सबैभन्दा कम उमेरमा उपसभामुख भइन् रुबी
शुक्रबार, चैत्र २७, २०८२ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३



