

-
भारतमा आईपील क्रिकेटको उपाधि विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) को स्वागत समारोहमा भागदौड मच्चिँदा ११ जनाको मृत्यु भएको छ ।
बेङ्गलुरुको चिन्नास्वामी रङ्गशाला बाहिर भागदौड हुँदा ११ जनाको ज्यान गएको र अरु धेरै जना घाइते भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
१८ वर्षमा पहिलो पटक आईपीएल ट्रफी जितेको टोलीलाई स्वागत गर्न हिजो युवा, महिला, बालबालिका र वृद्धवृद्धाहरूसहित लाखौं मानिसहरू सडकमा आएका थिए ।
यही क्रममा रङ्गशालाको गेटमै भागदौड भएको थियो । रङ्गशालाका मुख्य ढोकाहरू नखुलेका कारण धेरै मानिसहरूले सानो ढोकाबाट भित्र पस्ने प्रयास गर्दा भागदौड मच्चिएको प्रहरीको भनाइ छ ।
त्यहाँको घटनाबारे सार्वजनिक भएका तस्वीरहरुमा अनियन्त्रित भीडलाई नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गरेको देख्न सकिन्छ ।
कर्नाटकका उपमुख्यमन्त्री डीके शिवकुमारले सबैलाई आफ्नो सुरक्षाको ख्याल राख्न अपिल गर्नुभएको छ । बेङ्गलुरुको टोलीलाई सम्मान गर्नका लागि बेङ्गलुरु विधानसभा भवनमा कार्यक्रमको आयोजना गरिएको थियो ।
अस्ति मङ्गलवार राति भएको आईपीएलको फाइनलमा बेङ्गलुरुले पन्जाब किङ्ग्सलाई ६ रनले पराजित गरेको थियो ।
News Desk 0 response बिहिबार, जेष्ठ २३, २०८२


सम्बन्धित शीर्षकहरु

एयर इन्डिया विमान दुर्घटनामा १ जना बाँच्न सफल, मृतकका परिवारलाई १ करोड क्षतिपूर्ति
शुक्रबार, जेष्ठ ३१, २०८२-
मोहम्मद पाकपोर बने इस्लामिक रिभोलुसनरी गार्डका प्रमुख
शुक्रबार, जेष्ठ ३१, २०८२ -
गृहमन्त्री बोल्दा रास्वपाले गर्यो बेल घेराउ र..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन: गृहमन्त्री..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
मलेखु–मुग्लिन सडकखण्ड आजदेखि साढे ५ घण्टा बन्द..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
इजरायलद्वारा इरानको युरेनियम संवर्द्धन केन्द्रमा आक्रमण
शुक्रबार, जेष्ठ ३१, २०८२
-
मोहम्मद पाकपोर बने इस्लामिक रिभोलुसनरी गार्डका प्रमुख
शुक्रबार, जेष्ठ ३१, २०८२ -
गृहमन्त्री बोल्दा रास्वपाले गर्यो बेल घेराउ र..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन: गृहमन्त्री..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
मलेखु–मुग्लिन सडकखण्ड आजदेखि साढे ५ घण्टा बन्द..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
इजरायलद्वारा इरानको युरेनियम संवर्द्धन केन्द्रमा आक्रमण
शुक्रबार, जेष्ठ ३१, २०८२
-
कास्की मालपोतका सुब्बाहरूको सरुवा हुँदा पनि रमाना..
बिहिबार, जेष्ठ ३०, २०८२ -
सुजनको सपना अखिलको नेतृत्व
आइतवार, जेष्ठ २६, २०८२ -
काँग्रेस वकिलका नेता पोखरेलसहित तीन जना सर्वोच्चको..
मङ्लबार, जेष्ठ २८, २०८२ -
कानुन विपरित पशु स्वास्थ्य तथा पशु सेवा..
बुधबार, जेष्ठ २२, २०८२ -
अनेरास्ववियुलाई युग अनुकूल बनाउन अध्यक्षमा मेरो उम्मेद्बारीः..
मङ्लबार, जेष्ठ २८, २०८२