

-
भारतमा आईपील क्रिकेटको उपाधि विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) को स्वागत समारोहमा भागदौड मच्चिँदा ११ जनाको मृत्यु भएको छ ।
बेङ्गलुरुको चिन्नास्वामी रङ्गशाला बाहिर भागदौड हुँदा ११ जनाको ज्यान गएको र अरु धेरै जना घाइते भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
१८ वर्षमा पहिलो पटक आईपीएल ट्रफी जितेको टोलीलाई स्वागत गर्न हिजो युवा, महिला, बालबालिका र वृद्धवृद्धाहरूसहित लाखौं मानिसहरू सडकमा आएका थिए ।
यही क्रममा रङ्गशालाको गेटमै भागदौड भएको थियो । रङ्गशालाका मुख्य ढोकाहरू नखुलेका कारण धेरै मानिसहरूले सानो ढोकाबाट भित्र पस्ने प्रयास गर्दा भागदौड मच्चिएको प्रहरीको भनाइ छ ।
त्यहाँको घटनाबारे सार्वजनिक भएका तस्वीरहरुमा अनियन्त्रित भीडलाई नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गरेको देख्न सकिन्छ ।
कर्नाटकका उपमुख्यमन्त्री डीके शिवकुमारले सबैलाई आफ्नो सुरक्षाको ख्याल राख्न अपिल गर्नुभएको छ । बेङ्गलुरुको टोलीलाई सम्मान गर्नका लागि बेङ्गलुरु विधानसभा भवनमा कार्यक्रमको आयोजना गरिएको थियो ।
अस्ति मङ्गलवार राति भएको आईपीएलको फाइनलमा बेङ्गलुरुले पन्जाब किङ्ग्सलाई ६ रनले पराजित गरेको थियो ।
News Desk 0 response बिहिबार, जेष्ठ २३, २०८२

सम्बन्धित शीर्षकहरु
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध नयाँ उचाइमा, आणविक मुद्दामा मौनता
बुधबार, जेष्ठ २७, २०८३-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३



