

-
तेल अभिभ : इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले रक्षामन्त्री योभ ग्यालान्टलाई बर्खास्त गर्दै आफूहरूबीच ‘विश्वासको संकट’ रहेको बताएका छन् । नेतन्याहुले एक विज्ञप्तिमा हालका महिनाहरूमा ग्यालान्टमाथि उनको विश्वास ‘क्षय’ भएको बताउँदै विदेश मन्त्री इजरायल काट्जले ग्यालान्टको स्थान लिने जानकारी दिएका हुन् ।
यता ग्यालान्टले सामाजिक सञ्जालमा पोस्ट गरेर ‘इजरायल राज्यको सुरक्षा मेरो जीवनको मिसन थियो र सधैँ रहनेछ’ बताएका छन्। बर्खास्तीले तेल अभिभको सडकमा विरोध प्रदर्शन सुरु भएको छ । विपक्षी नेताहरूले व्यापक सार्वजनिक प्रदर्शनको लागि आह्वान गरेका छन्।
नेतान्याहु र ग्यालान्टबिच लामो समयदेखि सम्बन्ध सुमधुर भने थिएन । गत वर्षमा इजरायलको युद्ध रणनीतिलाई लिएर दुई व्यक्तिहरू बिच भनाभन भएको रिपोर्ट आएको थियो।
ग्यालान्टले गाजामा युद्ध जारी राख्नु अघि हमाससँगको बन्धक रिहाइ सम्झौतालाई प्राथमिकता दिनुपर्ने बताएका थिए जसलाई प्रधानमन्त्री नेतान्याहुले अस्वीकार गरेका थिए।
इजरायलका अल्ट्रा अर्थोडक्स नागरिकहरूलाई सेनामा सेवा गर्नबाट छुट दिन जारी राख्ने योजनामा पनि पूर्व रक्षामन्त्री असन्तुष्ट थिए।
अक्टोबर २०२३ मा गाजामा युद्ध सुरु हुनुभन्दा महिनौँ अघि, ठुलो सार्वजनिक आक्रोश पछि उनलाई पुनर्स्थापित गर्नु अघि नेतान्याहुले राजनीतिक मतभेदको कारण ग्यालान्टलाई बर्खास्त गरेका थिए।
तर मंगलबार नेतान्याहुले भने, ‘युद्धको बिचमा, पहिलेभन्दा बढी, प्रधानमन्त्री र रक्षामन्त्रीबिच पूर्ण विश्वास आवश्यक छ।’
News Desk 0 response बुधबार, कार्तिक २१, २०८१


सम्बन्धित शीर्षकहरु
-
यी पाँच प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
सोमवार, असार ३०, २०८२ -
भन्सार शुल्क बढाउने अमेरिकाको धम्कीपछि युरोपेली सङ्घ..
सोमवार, असार ३०, २०८२ -
फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई
सोमवार, असार ३०, २०८२ -
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग..
सोमवार, असार ३०, २०८२ -
स्पेन प्रकरण र मन्त्रीको घुस ‘डिल’ बारे..
आइतवार, असार २९, २०८२
-
यी पाँच प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
सोमवार, असार ३०, २०८२ -
फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई
सोमवार, असार ३०, २०८२ -
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग..
सोमवार, असार ३०, २०८२ -
स्पेन प्रकरण र मन्त्रीको घुस ‘डिल’ बारे..
आइतवार, असार २९, २०८२ -
काठमाडौं महानगरको २५ अर्ब ७६ करोड रुपैयाँको..
आइतवार, असार २९, २०८२
-
पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर र झाँगाझोली..
आइतवार, असार २२, २०८२ -
सिङ्गापुरलाई २ विकेटले हराउँदै नेपालले जित्यो यू–१६..
शनिबार, असार २१, २०८२ -
सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त
सोमवार, असार २३, २०८२ -
बेलायतले इरानबाट बढ्दो र अप्रत्याशित खतराको सामना..
बिहिबार, असार २६, २०८२ -
मिथेन ग्यासको सम्पर्कमा आएर इराकमा १२ टर्किए..
सोमवार, असार २३, २०८२