

-
काठमाडौं : स्पेनका राष्ट्रिय फुटबल खेलाडी तथा म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले यसवर्षको पुरुषतर्फको बालोन डी’ओर अवार्ड जितेका छन् ।
फ्रान्सको पेरिसमा रहेको थिएटर डु शाटेलेटमा भएको भब्य समारोहमा म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले यो वर्षको पुरुष ब्यालोन डी’ओर अवार्ड जितेका हुन् ।
रोड्रीले यसवर्ष स्पेनलाई युरो कप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । साथै उनले लगातार चौथो पटक प्रिमियर लिगको उपाधि पनि जितेका थिए । २८ वर्षीय रोड्री सेप्टेम्बरमा घुँडाको चोटले खेलबाट बाहिरिएका थिए ।
यसैबीच महिलातर्फको अवार्ड बार्सिलोनाकी एइताना बोनमतीले जितेकी छिन् । २५ वर्षीया एइतानाले स्पेन र बार्सिलोनाका लागि उत्कृष्ट प्रदर्शन गर्दै यो पुरस्कार जितेकी हुन् । यस्तै स्पेनका लागि महिला विश्वकप–२०२३ जिताउन योगदान गरेकी थिइन ।
यसैबीच, रियल म्याड्रिडले बालोन डी’ओर अवार्ड कार्यक्रम बहिष्कार गरेको छ । भिनिसियस जुनियरले बालोन डी’ओर जित्ने यसअघि अनुमान गरिएको थियो । तर अन्तिम समयमा रोड्रीले यो अवार्ड जित्ने भएपछि रियल म्याड्रिडले कार्यक्रम बहिष्कार गरेको हो ।
फ्रान्सको फुटबल फेडेरेसनले हरेक वर्ष दिने यो अवार्ड सन् २००८ देखि पहिलो पटक लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोबाहेक तेस्रो खेलाडीले पाएका हुन् ।
यसअघि सन् २०१८ मा लुका मोड्रीच र सन् २०२२ मा करिम बेन्जमाले पाएका थिए । यस वर्ष भने मेस्सी र रोनाल्डो दुवै मनोनयनमा परेनन् । गएको वर्ष यो अवार्ड मेस्सीले जितेका थिए ।
News Desk 0 response मङ्लबार, कार्तिक १३, २०८१

सम्बन्धित शीर्षकहरु
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३



