

-
काठमाडौं : त्रिभुवन विमानस्थलमा बम राखिएको सूचना पुनः झुटो पुष्टि भएको छ । सोमबार बेलुकी भारतको नयाँ दिल्ली उड्न लागेको एयर इन्डियाको विमानमा बम नरहेको नेपाल प्रहरीले जनाएको छ ।
बमको सूचना पाएसँगै चेकजाँचमा जुटेको नेपाली सेना र नेपाल प्रहरीले एयर इण्डियाकोविमानमा बम नरहेको पुष्टि गरेको हो ।उक्त विमानमा कुनै पनि किसिमको शंकास्पद वस्तु नभेटिएको हो ।
एयर इन्डियाको विमानले सोमबार अपरान्ह पौने ३ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो । १५९ जना यात्रु लिएर दिल्ली जान लागेको एयर इन्डियाको विमानको उडान तालिका पाने ४ बजे रहेको थियो । सूचना पाएपछि केही यात्रु चढेपछि पनि उडान रोकेर नै नेपाली सेनाले चेकजाँच गरेको थियो।
एयर इन्डियाका कर्मचारीले नै उक्त विमानमा बम रहेको सूचना पाएपछि हाल नेपाली सेना र नेपाल प्रहरीले संयुक्त विमानमा खोजी सुरू गरेका थिए । तर कुनै शंकास्पद वस्तु नभेटिएपछि अब उक्त भने विमानले नियमित उडान भर्न लागेको छ ।
यसअघि,कात्तिक ६ गते, मंगलबार भारतबाट आएको एक विमानमा बम राखिएको सूचना पाएपछि त्रास फैलिएको थियो । दिउँसो साढे ४ बजे भारतको नयाँ दिल्लीबाट उडेको भिस्तारा एयरलाइन्सको विमान काठमाडौंमा ल्यान्ड हुनासाथै बम रहेको जानकारी पाइएको थियो ।
दिल्लीबाट उडेको १ घण्टामै सो विमानमा बम रहेको सूचना पाएपछि नेपाली सेनाले त्यसको जाँच गरेको थियो । जाँचका क्रममा केही पनि नभेटिएपछि जहाजलाई खतरामुक्त प्रमाणित गरी फेरि उडान गराइएको थियो ।
News Desk 0 response सोमवार, कार्तिक १२, २०८१

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


