

-
तीव्र चक्रवाती आँधी ‘दाना जमिनमा बज्रिएपछि पूर्वी भारतीय राज्य ओडिशा र पश्चिम बङ्गालका तटीय क्षेत्रहरूमा ठूलो वर्षा भएको छ । ओडिशाको केन्द्रपारा जिल्लाको भितरकनिका र भद्रकको धामराको बीचमा बज्रिएको आँधीले ठूलो वर्षा भएको भारतीय अधिकारीहरूलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
झन्डै एक सयदेखि एक सय १० किलोमिटर प्रतिघण्टाको गतिमा आएको चक्रवातले ओडिशा र पश्चिम बङ्गालका धेरै क्षेत्रमा रुखहरू ढलाउनुका साथै बिजुलीका तारमा क्षति पुर्याएको छ । चक्रवातले केही अत्यावश्यक सेवाहरूमा बाधा पुगेको र बालीमा क्षति पुगेको तथा प्रभावित क्षेत्रको जनजीवनमा असर गरेको खबरमा उल्लेख छ ।
भारतीय मौसम विज्ञान विभाग ९आईएमडी० का अनुसार ुदानाु चक्रवात उत्तर ओडिशा हुँदै उत्तर–पश्चिमतर्फ बढ्ने र आउँदा घण्टामा बिस्तारै कमजोर हुने सम्भावना छ ।
चक्रवातको अवधिमा सावधानीका लागि बन्द गरिएका भुवनेश्वर र कोलकाताका हवाई तथा रेल सेवाहरू शुरू भइसकेको अधिकारीहरूले जनाएका छन् । प्रभावित राज्यका स्थानीय सरकारहरूले यसअघि झन्डै १० लाख जना मानिसलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरी विद्यालयहरू बन्द गरेको सूचना जारी गरेका थिए ।
News Desk 0 response शुक्रबार, कार्तिक ९, २०८१

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


