

-
काठमाडौं : एक महिनाअघिको बाढी र पहिरोका कारण सडक तथा पुल बगाउँदा ठप्प रहेको तातोपानी नाका अस्थायी रुपमा सञ्चालनमा आएको छ ।
भोटेकोशी नदीमा डाभइभर्सन बनाएर हिजोदेखि नाका सञ्चालनमा ल्याइएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । बाढीले लार्चा र लिपिङ भन्ने ठाउँमा पहिरोले पुल बगाएको थियो । पुल बगाएको ठाउँमा ह्युम्पाइप राखेर सडक सञ्चालनमा ल्याइएको हो । अहिले अस्थायी रुपमा मर्मत गरेर यातायात सञ्चालनमा ल्याइएको हो ।
अहिले पनि कोदारी आसपासका सडकमा धेरै समस्या रहेको हुँदा जुनसुकै बेला अवरुद्ध हुने अवस्था रहेकाले जोखिम अझै हटिसकेको छैन । दशैँको मुखमै पहिरोले सडक बगाएपछि तातोपानी नाका हुँदै आउने सामान बीचमै रोकिएका थिए ।
सडकमै रोकिएका गाडीमध्ये फलफूल र हलुका सामान व्यवसायीले बोकाएर अर्को सडक भएको ठाउँसम्म ल्याएका थिए । तर, ठूला सामान ल्याउन नसक्दा बीच बाटोमै रोकिएका थिए ।
सडक सञ्जाल जोडिएसँगै रोकिएका गाडीलाई प्राथमिकता दिएर पार गराउने काम भइरहेको तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले जानकारी दिए ।
तातोपानी भन्सारबाट विद्युतीय गाडी तथा विद्युतीय सरसामान, फलफूलजन्य सामान र लत्ताकपडा आउने गरेको छ । सडक अवरुद्ध हुँदा रोकिएका विद्युतीय गाडी लगायतका अरु सामान बोकेका गाडी क्रमशः पास गराउने काम भइरहेको छ ।
तातोपानी नाका अस्थायी रुपमा सञ्चालनमा आए पनि रसुवागढीको नाका भने अझै अनिश्चित रहेको छ । बाढीपहिरोले चीनतर्फको सडकमा बढी क्षति भएको र मर्मतमा ढिलाइ हुँदा सञ्चालन अनिश्चित भएको हो ।
News Desk 0 response शुक्रबार, कार्तिक ९, २०८१

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


