

-
वासिङ्टन : विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भागलिने सिलसिलामा यहाँ रहेका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बुधबार उक्त बैंकका दक्षिण एसिया मामिला हेर्ने उपाध्यक्ष मार्टिन रेजरसँग भेटवार्ता गरेका छन् ।
वार्ता नेपालमा रोजगारी सृजना गर्ने विषयमा केन्द्रित रहेको यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ । नेपालमा व्यावसायिक वातावरणको सुधार, मुख्य पूर्वाधार आयोजनाहरूको कार्यान्वयन तथा विप्रेषण आप्रवाहका माध्यमबाट पनि रोजगारी सृजना गर्ने बारेमा छलफल भएको थियो ।
यसैबिच, विश्व बैंकले नेपाललाई प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणका निम्ति सहयोग गर्ने भएको छ । सहायतासम्बन्धी सम्झौतामा नेपाल सरकार र विश्व बैंकबीच हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरे र नेपालका लागि विश्व बैंकका प्रतिनिधि डेविड सिसलेनले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार विश्व बैंकले १५ करोड डलर उपलब्ध गराउने छ। उपप्रधान तथा अर्थमन्त्री पौडेल र विश्व बैंक (दक्षिण एसिया मामिला) का उपाध्यक्ष मार्टिन रेजर उपस्थितिमा भएको हस्ताक्षर कार्यक्रममा नेपालको प्राकृतिक र जलवायु परिवर्तनका कारण आइपर्ने स्वास्थ्य जटिलताको लागि स्रोत परिचालन गरिने जनाइएको छ ।
News Desk 0 response बिहिबार, कार्तिक ८, २०८१

सम्बन्धित शीर्षकहरु
-
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३ -
तराई–मधेशका जिल्लामा अझै केही दिन गर्मी बढ्ने
बिहिबार, बैशाख १०, २०८३ -
इरानसँग युद्धविरामको समय थप गर्ने अमेरिकी घोषणामा..
बिहिबार, बैशाख १०, २०८३ -
अब ग्यास आधा सिलिन्डर होइन, पुरै …
बुधबार, बैशाख ९, २०८३ -
राष्ट्रपतिद्वारा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान
बुधबार, बैशाख ९, २०८३
-
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३ -
तराई–मधेशका जिल्लामा अझै केही दिन गर्मी बढ्ने
बिहिबार, बैशाख १०, २०८३ -
अब ग्यास आधा सिलिन्डर होइन, पुरै …
बुधबार, बैशाख ९, २०८३ -
राष्ट्रपतिद्वारा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान
बुधबार, बैशाख ९, २०८३ -
इरानले मालवाहक जहाजमाथि आक्रमण गरेपछि हर्मुजमा तनाव..
बुधबार, बैशाख ९, २०८३
-
सिंहदरवार भित्र ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने सरकारको..
सोमवार, चैत्र ३०, २०८२ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३ -
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त विरुद्ध..
बिहिबार, बैशाख ३, २०८३



