• काठमाडौं : सरकारले ४० जना सहसचिवको सरुवा गरेको छ । कात्तिक २ गते बसेको मन्त्रिपरिषद् बैठकले ४० जना सहसचिवहरूको सरुवा गरेको हो ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूची आज सार्वजनिक गरेको हो । उक्त सूचीमा पहिलो नम्बरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विष्णुप्रसाद ज्ञवालीको अर्थ मन्त्रालयमा सरुवा भएको उल्लेख गरिएको छ ।

    यसैगरी, अन्तिम नम्बरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशमा सरुवा गरिएको लेखिएको छ ।