

-
काठमाडौं : चालू आर्थिक वर्षको दुई महिनामा दुई खर्ब ६३ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार चालू आर्थिक वर्षको पहिलो दुई महिना साउन र भदौमा दुई खर्ब ६३ अर्ब १४ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको हो ।
राष्ट्र बैंकका अनुसार भदौमा एक खर्ब २६ अर्ब २१ करोड र साउनमा एक खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गएको वर्षको यही अवधिको तुलनामा यस वर्ष रेमिट्यान्स आप्रवाह १५ दशमलव २ प्रतिशतले बढेको हो । गएको वर्षको पहिलो दुई महिनामा रेमिट्यान्स आप्रवाह १८ दशमलव ७ प्रतिशतले बढेको थियो ।
राष्ट्र बैंकका अनुसार भदौसम्म अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १ अर्ब ९६ करोड पुगेको छ । गएको वर्ष यस्तो आप्रवाह १ अर्ब ७३ करोड रहेको थियो ।
यस्तै दुई महिनामा वैदेशिक रोजगारीका लागि ७६ हजार चार सय ८५ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् भने पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४० हजार पाँच सय ८३ जना रहेको छ ।
अघिल्लो वर्षको यही अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ७४ हजार चार सय ५५ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३२ हजार चार जना रहेको थियो ।
यस्तै विदेशी मुद्रा सञ्चिति २१ खर्ब ५२ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । गएको असार समान्तसम्म २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको विदेशी मुद्रा सञ्चिति दुई महिनामा एक खर्ब रुपैयाँभन्दा धेरैले बढेको हो ।
अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति १६ अर्ब चार करोड पुगेको छ । असार समान्तसम्म विदेशी मुद्रा सञ्चिति १५ अर्ब २७ करोड थियो ।
यस्तै वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३ दशमलव ८५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । आयात १ दशमलव १ प्रतिशतले बढेको छ भने निर्यात ५ दशमलव १ प्रतिशतले घटेको छ ।
News Desk 0 response मङ्लबार, अशोज २९, २०८१

सम्बन्धित शीर्षकहरु
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३



