

-
काठमाडौं : बागमती प्रदेशमा गाडी चलाउँदा चालकहरुले स्मार्ट लाइसेन्स देखाउन नपर्ने भएको छ । उनीहरुले मोबाइलमा नागरिक एपमा डाउनलोड गरिएको क्यूआर कोडसहितको सवारीचालक अनुमति पत्र देखाए हुनेछ ।
बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालय हेटौंडाले शुक्रबारदेखि नागरिक एपमा लाइसेन्स र क्यूआर कोड देखाए पनि हुने व्यवस्था गरेको हो ।
हाल सरकारले लाइसेन्स परीक्षा पास गरिसकेकाहरुलाई पनि स्मार्ट लाइसेन्स प्रिन्ट गरेर दिन सकेको छैन । तर, परीक्षा पास गरेपछि भने नागरिक एपमा लाइसेन्स र क्यूआर कोड उपलब्ध हुन्छ । नागरिक एपमा रहेको लाइसेन्स र क्यूआर कोडलाई ट्राफिक प्रहरीले स्मार्ट फोनबाट स्क्यान गरेर हेर्न सक्नेछन् ।
शुक्रबार बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई १०४ थान स्मार्ट फोन हस्तान्तरण गरेका छन् । त्यही स्मार्ट फोनको सहायताले चेकजाँचमा बसेका ट्राफिक प्रहरीले नागरिक एपमा रहेको चालकको लाइसेन्स स्क्यान गर्नेछन् ।
चालकले ट्राफिक नियम उलंघन गरेमा सोही एपको सहायताबाट ट्राफिक प्रहरीले जरिवाना गर्न सक्नेछ र चालकले तोकिएको जरिवाना अनलाइन प्रणालीबाटै दिन सक्नेछन् ।
कार्यक्रममा संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले स्मार्ट लाइसेन्स छाप्न ढिलो हुँदा आउने गुनासो सम्बोधन गर्न यो व्यवस्था गरेको बताए । बागमतीका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले स्मार्ट लाइसेन्स युगको अन्त्य भएको बताए ।
News Desk 0 response शुक्रबार, अशोज १८, २०८१

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


