

-
काठमाडौँ : आज आश्विन शुक्ल द्वितीया अर्थात् शारदिय नवरात्रको दोस्रो दिन । आज माता ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरी मनाइदैन । ब्रह्माको अर्थ तपस्या अर्थात् कठोर तप गर्ने भन्ने बुझिन्छ ।
देवी ब्रह्मचारिणीले शिरमा अर्थचन्द र नाना प्रकारका आभुषण लगाएकी र दाहिनी हातमा जपको माला र बाहाँ हातमा कमण्डलु लिएकी छिन् । आजकै दिन ब्रहृमचारिणी माताको पूजा आराधना तथा दान गरेमा हरेक प्रकारको अनिष्ट नाश हुने शास्त्रमा बताइएको छ ।
शास्त्रमा बह्म अर्थात् तपस्याको आचारण गर्ने भएकीले देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीलाई देवी दुर्गाको दोस्रो स्वरुपका रुपमा लिइछ। देवी पुराणको ४५औँ अध्यायअनुसार तपस्यामा मग्न हुने भएकाले देवी ब्रह्मचारिणीको तेज पनि बढ्दै गयो ।
जसले गर्दा शरीरको रङ पनि गोरो रहेको विश्वास गरिन्छ । देवी ब्रह्माचारिणीलाई ‘दधाना करपद्यमाध्याम् अक्षमालाकमण्डल । देवी प्रसीदतु मयि ब्रह्मचारिण्यनुत्तमा ।।’ मन्त्र जप गरी आराधना गर्ने प्रचलन रहेको छ ।
सेतो कपडा लगाइकी, दायाँ हातमा माला, बायाँ हातमा कमण्डलु लिएकी ब्रह्मचारिणीलाई ज्ञान, तपस्या र वैराग्यको देवी पनि मानिन्छ । ब्रह्मचारिणी देवीको आराधना गर्नले ज्ञान सिद्ध हुनुको साथै विजय प्राप्त हुने विश्वास रहिआएको छ।
यस दिन कुमारी कन्याहरूको पूजा गर्ने प्रचलन पनि छ। कन्यालाई घरमा बोलाएर पूजा गरी भोजन गराएपछि मात्र आफूले भोजन गर्ने गरिन्छ। शास्त्रीय प्रमाणहरूको आधारमा हरेक शुभकार्यमा गरिने कन्यापूजाका लागि दुई वर्षसम्मका बालिका योग्य रहेको मानिन्छ।
यद्यपि, रजस्वला हुनुपूर्वका बालिका पनि कन्यापूजाका लागि योग्य भएको लोकोक्ति छ। नवरात्रको पहिलो दिन शैलपुत्री देवीको पूजा आराधना गरिएको थियो ।
आजकै दिन ब्रह्मचारिणीको आराधना गर्नाले आयु, शक्ति, भौतिक सुख तथा दाम्पत्य सुख मिल्ने शाष्त्रिय मान्यता रहेको छ । ब्रह्मचारिणीलाई श्रद्धा भक्तिले गरिएको सबै प्रकारको पूजा, फलफूल, पकवान्न, एवं पुष्पहरू प्रिय छन् ।
ज्योतिष भण्डारीका अनुसार कुनै पनि प्रकारको बन्धनबाट मुक्ति पाउनका लागि सख्खर चढाई आश्विन शुक्ल द्वितीयाको दिन अर्थात् ब्रह्मचारिणी देवीको पूजाविधि यसप्रकार रहेको छ ।
देवी ब्रह्मचारिणीको पूजा गर्दा फूल, अक्षत, रोली, चंदनले पूजा गर्नुपर्दछ । दूध, दही, सख्खर, घृत, वा मधु बाट स्नान गरि प्रसाद चडाउनु पर्दछ । प्रसाद पश्चात आचमन र फेरी पान, सुपारी भेटी दिनुपर्दछ । देवीलाई प्रदक्षिणा गर्नुपर्दछ । कलश देवता पूजापछि यही प्रकारले नवग्रह, दशदिक्पाल, नगर देवता, ग्राम देवताको पनि पूजा गर्नुपर्दछ ।
देवीको पूजा गरिसकेपछि हातमा फूल लिएर प्राथना गर्नुपर्दछ ।
News Desk 0 response शुक्रबार, अशोज १८, २०८१

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


