

-
काठमाडौं । सिन्धुपाल्चोकमा जन्मेर अमेरिका बसोवास गर्दै आईरहेकाहरुको संस्था सिन्धु सोसाईटीले माध्यमिक शिक्षा परिक्षा (एसईई) २०८० मा जिल्लावाट उत्कृष्ट हुने दुईलाई सम्मान गरेको छ ।
जिल्ला बाट परिक्षामा सामेल भएर उत्कृष्ट हुने एक छात्र र एक छात्रालाई सम्मान गरिएको हो । जिल्लाबाट एसइइ परिक्षामा सामेल भएर सर्वोत्कृष्ट अंक ल्याउने भूमेश्वरी माध्यमिक बिद्यालयकी छात्रा नविना भण्डारी र ईश्ट पोइन्ट एकेडेमीका गणेश जोतीलाई सम्मान गरिएको हो । जनही नगद ५१ हजार रुपैयाँसहित उनीहरुलाई सम्मान गरिएको सोसाईटीका अध्यक्ष सूर्य खड्काले बताए ।
काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य बेदबहादुर श्रेष्ठलगायतले बिद्यार्थीलाई सम्मान गरेका हुन् । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ सहआयोजक रहेको कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले शैक्षिक सुधारमा सोसाईटी गरेको कामको प्रशंसा गरेका थिए । सोही कार्यक्रममा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष, होमवहादुर बस्नेत,नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्की,सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतलगायतका व्यक्तिले सोसाईटीको शैक्षिक कार्यक्रम उत्कृष्ट रहेको बताएका थिए ।२०१० मा स्थापना भएको संस्थाले सुरुवातदेखि नै सिन्धुपाल्चोकका जेहेन्दार तथा अशक्त,असहाय बिद्यार्थीहरुलाई निशुल्क पढाईरहेको छ । जिल्लामा भईपरीआउने अन्य दुःखमा पनि सेवा गरिरहेको छ ।
२०७२ को बिनाशकारी भुकम्पले सिन्धुपाल्चोकमा धेरै असर भयो । धेरै जनधन क्षति भयो । धेरै बालबालिका टुहुरा भए । उनीहरुलाई पालनपोषण गर्ने र शैक्षिक सेवा दिने उदेश्यले निशुल्क शिक्षाको अभियान सुरु गरिएको संस्थापक अध्यक्ष बंशलाल तामाङ्गले जानकारी दिए । सुरुमा सात जना बिद्यार्थी काठमाडौं ल्याएर आवासीय सुबिधासहित पढाएको संस्थाले अहिले २७ जना बिद्यार्थीलाई निशुल्क पढाईरहेको छ । मुख्यतः जेहेन्दार, अशक्त असहाय बिद्यार्थीलाई पहिलो प्राथमितामा राखिएको छ । अध्यक्ष खड्काका अनुसार सुरुमा एकजना बिद्यार्थी पढाउने जिम्मा लिने व्यक्ति अमेरिकामा खोजी हुन्छ । उहाँले बिद्यार्थीको सवै पक्ष हेरेपछि निर्णय हुन्छ । सुरुमा त्यस्ता बालबालिको निवेदन नेपालका प्रतिनिधिसँग आएका हुन्छन् ।
पहिलो प्राथमिकता बाबुआमा नभएका असहाय र गरिवलाई राखिएको छ । दोस्रोमा बाबु अथवा आमा नभएका गरिव तथा पढ्न नपाएको अवस्थामा रहेका वालवालिकालाई राखिएको छ । एकजना ‘स्पोन्सर’ले एकजना बिद्यार्थीलाई खान,वस्न र पढ्नका लागि १२ कक्षासम्म व्यवस्था गरिदिने व्यवस्था सोसाईटीले मिलाएको छ ।
News Desk 0 response बिहिबार, अशोज १७, २०८१
केही बर्षदेखि सिन्धुपाल्चोक जिल्लाबाट माध्यमिक शिक्षा परिक्षामा उत्कृष्ट स्थान हासिल गर्ने बिद्यार्थीलाई नगदसहित सम्मान गर्ने क्रम सुरु गरिएको हो । सोसाईटीको शैक्षिक अभियानमा साथ दिएर बालबालिका पढ्न सहयोग गर्ने क्षमादेवी ग्रुपका अध्यक्ष राजकुमार बस्नेत, ब्ल्याक हर्ष सुजका अध्यक्ष चीनवहादुर श्रेष्ठ, ईलेक्ट्रो पावरका अध्यक्ष मोहनबिक्रम कार्की,हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्की,सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेत,प्रगति बोर्डिग स्कुल,चण्डेश्वरी स्कुल र दलबहादुर रुम्वालाई सम्मान गरिएको थियो ।

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


