

-
काठमाडौं : सङ्घीय राजधानी काठमाडौं जोड्ने सबै सडक तीन दिनदेखि ठप्प छन् । शुक्रबार रातिदेखि काठमाडौं जोड्ने सबै सडक ठप्प छन् ।
काठमाडौंको ‘लाइफलाइन’ मानिने नागढुङ्गा–नौबिसे सडक तीन दिनदेखि बन्द रहेको छ । काठमाडौंबाट मुग्लिनसम्म दर्जनौं ठाउँमा पहिरो झरेको छ । धादिङको झ्याप्ले खोलामा गएको निकै ठूलो पहिरोका कारण काठमाडौंबाट नौबिसेसमेत जान जान नसक्ने अवस्था छ । झ्याप्ले खोलाको पहिरोका कारण अलपत्र परेका यात्रु र अत्यावश्यक गाडीलाई प्रहरीले नागढुङ्गा सुरुङमार्गको प्रयोग गरी काठमाडौं पठाइरहेको छ ।
यस्तै हेटौँडाबाट काठमाडौं जोड्ने सबै सडक बाढी पहिरोका कारण अवरुद्ध भएका छन् । अविरल वर्षाका कारण हिजो विभिन्न ठाउँमा बाढी पहिरो जाँदा हेटौँडा–काठमाण्डौ खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार पहिरोका कारण कान्ति लोकपथ, भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाण्डौ, कुलेखानी–फाखेल–काठमाण्डौ, कुलेखानी–मातातीर्थ–काठमाडौं र त्रिभुवन राजपथ अवरुद्ध भएको हो ।
यस्तै बीपी राजमार्गको काभ्रे–सिन्धुली खण्ड, अरनिको राजमार्गको सिन्धुपाल्चोक, पुष्पलाल राजमार्गको सिन्धुली खण्ड पनि बन्द हुँदा काठमाडौं आउजाउ ठप्प छ । बाढीले यी राजमार्गका कतिपय ठाउँमा पुल नै बगाएको छ । मेची राजमार्गको हेवाखोला र अरनिको राजमार्गको लार्चाको बेलिब्रिज बगाउँदा आवागमन ठप्प भएको छ ।
यस्तै काठमाडौं, ललितपुर, धनकुटा, खोटाङ, इलाम, उदयपुर, मकवानपुर, रसुवा, काभ्रे, सिन्धुली, धादिङ, रामेछाप, म्याग्दी, स्याङ्जा, पाल्पा, अर्घाखाँची, रोल्पा, गुल्मी, दाङ र हुम्लाका विभिन्न सडक अवरुद्ध छन् ।
News Desk 0 response आइतवार, अशोज १३, २०८१

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


