• काठमाडौं ।


    काठमाडौं ।
    नेकपा एमालेका कार्यवहाक अध्यक्ष ईश्वर पोखरेलले अस्वाभाविक रूपमा भएको ठूलो बर्षा पछिको बाढी तथा पहिरोका कारण मुलुकले ठूलो जनधनको क्षति बेहोर्नुपरेको मानवीय तथा भौतिक क्षतिका कारण मर्माहत बनेका भन्दै यस्तो पिडादायी अवस्थामा उद्धार तथा राहत कार्यमा जुट्न सरकारसित विशेष आग्रह गर्नुभएको छ ।

    सरकारका सबै सम्वन्धित अंगहरू खासगरी सुरक्षा निकायहरूको व्यवस्थित परिचालन , सम्वन्धित मन्त्रालयहरू र निकायहरूको व्यवस्थित र समन्वयात्मक परिचालन आवश्यक छ । यस दिशामा यथोचित ध्यान पुर्याउन सरकारसित विशेष आग्रह गर्नुभएको छ ।

    नेकपा ( एमाले) का पार्टी कमिटीहरू, जनप्रतिन्धिहरू र जनबर्गीय संगठनहरू समन्वयात्मक रूपमा परिचालन हुन आह्वान पनि गरिएको छ ।

    यो विपदमा परी ज्यान गुमाउनु हुने सबैप्रति हार्दिक श्रद्धान्जली तथा बेपत्ताहरूको अविलम्ब खोजी गर्न र घाइतेहरूको उपचारमा सरकारको ध्यान पर्याउन आग्रह गरिएको छ ।