• काठमाडौं : नेपाल सरकारले सोमबार राति १२ बजेदेखि संघीय संसद्‍को अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठक बैठकले सो निर्णय गरेको हो ।

    यो बजेट अधिवेशन गत वैशाख २८ गते शुरु भएको थियो । तर, यतिबेला दुई कम्युनिस्ट घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्र संसद्‍मा आमनेसामने भइरहेका छन् । यसले सिङ्गो संसद्मा असर परेको छ । संसद् बैठक बस्न सकेको छैन ।