• काठमाडौं : चितवनको भरतपुर महानगरपालिका–१९ स्थित सिमलतालको २५ किलो भन्ने ठाउँबाट ट्रक त्रिशूलीमा खसेर बेपत्ता भएको छ ।

    ना.६ ख ६२८३ नम्बरको ट्रक नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    उक्त ट्रक खाने तेल बोकेर सिमराबाट काठमाडौं आउँदै गर्दा दुर्घटनामा परेको हो । घटनास्थलमा प्रहरी पुगेर खोज तथा उद्धार शुरु गरेको छ ।