• स्पेनका १७ वर्षीय फुटबल स्टार लामिन यामलका बुवामाथि छुरा आक्रमण भएको छ । स्पेनिस मिडियाकाअनुसार लामिन यामलका बुवा मुनीर नसरोईमाथि हिजो बुधवार तटीय शहर मटारोमा आक्रमण भएको थियो । गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएकोमा अहिले नसरोईको अवस्था स्थिर रहेको बीबीसीले जनाएको छ ।

    प्रहरीले यस घटनामा तीन जनालाई पक्राउ गरेको छ । १७ वर्षका यमल अघिल्लो महिना भएको युरोकप फुटबलपछि चम्किएका छन् । १६ वर्ष ३ सय ६२ दिनको उमेरमा गोल गरेर यामल युरोकप इतिहासमा गोल गर्ने सबैभन्दा कान्छो व्यक्ति बनेका छन् ।