

-
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले दक्षिण–पूर्वी एशियाली देशमा हेपाटाइटिस ‘बी’ र ‘सी’ को बढ्दो सङ्क्रमणप्रति चिन्ता व्यक्त गरेको छ । हेपाटाइटिसको रोकथाम र उपचार सम्भव भए पनि यसको दीर्घकालीन सङ्क्रमणले दक्षिण पूर्वी एसियाली क्षेत्रमा कलेजोको क्यान्सर र ‘कलेजो फेल’ जस्ता गम्भीर रोगले मृत्यु भइरहेको डब्ल्यूएचओको विज्ञप्तिमा उल्लेख छ ।
दक्षिण–पूर्वी एशियाली देशमा कलेजोको क्यान्सर निम्त्याउने चौथो ठूलो कारण हेपाटाइटिस बनेको डब्ल्यूएचओले जनाएको छ । यस्तै कलेजो फेल भएकामध्ये ७५ प्रतिशत हेपाटाइटिस ुबीु र ुसीु सङ्क्रमणको कारण भएको पाइएको विज्ञप्तिमा उल्लेख छ ।
डब्लुएचएको तथ्याङ्क अनुसार सन् २०२२ मा दक्षिण–पूर्वी एसियामा सात करोड ५० लाख मानिसमा हेपाटाइटिस ‘बी’ र ‘सी’ को सङ्क्रमण भएको थियो । प्रारम्भिक उपचारबाट हेपाटाइटिस ‘बी’ र ‘सी’ सङ्क्रमण नियन्त्रण गर्न सकिने डब्लुएचओले जनाएको छ ।
डब्लुएचओका अनुसार दक्षिण–पूर्वी एशियामा हेपाटाइटिस ‘बी’ र ‘सी’ परीक्षण र उपचारको पहुँच कम छ । हेपाटाइटिस सङ्क्रमणबाट विशेषगरी नवजात शिशु र बालबालिका उच्च जोखिममा छन् । आज विश्व हेपाटाइटिसविरुद्धको दिवस मनाईंदैछ ।
News Desk 0 response आइतवार, साउन १३, २०८१


सम्बन्धित शीर्षकहरु
-
बैरागीको नेतृत्वमा भिजिट भिषा छानविन
सोमवार, असार ९, २०८२ -
‘जिरोदेखि सर्वोच्च’सम्मको यात्रा
सोमवार, असार ९, २०८२ -
इरानको फोर्दो परमाणु केन्द्रमा इजरायली आक्रमण
सोमवार, असार ९, २०८२ -
अमला रोका रिहा भए लगत्तै पक्राउ परिन्
सोमवार, असार ९, २०८२ -
इरानबाट ११ जना नेपाली फर्किँदै
सोमवार, असार ९, २०८२
-
बैरागीको नेतृत्वमा भिजिट भिषा छानविन
सोमवार, असार ९, २०८२ -
‘जिरोदेखि सर्वोच्च’सम्मको यात्रा
सोमवार, असार ९, २०८२ -
इरानको फोर्दो परमाणु केन्द्रमा इजरायली आक्रमण
सोमवार, असार ९, २०८२ -
अमला रोका रिहा भए लगत्तै पक्राउ परिन्
सोमवार, असार ९, २०८२ -
इरानबाट ११ जना नेपाली फर्किँदै
सोमवार, असार ९, २०८२
-
टेक एण्ड पे प्रावधान हटाउन ..
बिहिबार, असार ५, २०८२ -
सुनचाँदी व्यवसायीहरुको माग पुरा गर्ने प्रधानमन्त्रीको आश्वासन
मङ्लबार, असार ३, २०८२ -
बीपी राजमार्गमा १५ दिनसम्म रात्री सवारी साधन..
शुक्रबार, असार ६, २०८२ -
दैलेखको जलजलेमा मिथेन ग्याँसको विशाल भण्डारण भएको..
बिहिबार, असार ५, २०८२ -
पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीमा फेरि सडक बन्द
शनिबार, असार ७, २०८२