

-
काठमाडौं : काठमाडौं उपत्यकामा हैजाको जोखिम देखिएको छ । हिजो ललितपुरका १६ वर्षका एक किशोरलाई हैजाको सङ्क्रमण पुष्टि भएको छ । ती किशोरमा सङ्क्रमण पुष्टि भएसँगै काठमाडौं उपत्यकामा हैजाको जोखिम देखिएको हो ।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा। युवानिधि बसौलाका अनुसार हैजा सङ्क्रमण पुष्टि भएका किशोरको उपचार भइरहेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा ललितपुरको गोदावरी नगरपालिका–१४ ठैवको एक पुनर्स्थापना केन्द्र (रिह्याबिलिटेसन सेन्टर)मा बस्ने किशोरमा हैजा पुष्टि भएको हो ।
त्यस्तै ठैवकै अर्का एक जना झाडापखालाका बिरामीको रिर्पोट आउन बाँकी छ ।
पछिल्लो समय अस्पतालमा झाडापखाला भएर दैनिक झन्डै १० जना बिरामी टेकुमा उपचारका लागि पुग्ने गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हैजा फैलन नदिन अहिले हैजा भेटिएको पुनर्स्थापना केन्द्रलाई सिल गरेर अनुसन्धान गर्न निर्देशन दिएको छ ।
सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार हैजा भिब्रियो कोरेला नामक ब्याक्टेरियाको कारण लाग्ने अति सङ्क्रमण झाडापखाला हो । हैजा भएका मानिसको दिसाबाट कीटाणु निस्कन्छन् । ती कीटाणु पानी र खानाको माध्यमबाट अरू मानिसमा पुग्ने गर्छन् ।
पानी, बासी खानेकुरा, नपकाएको खानेकुराबाट पनि हैजा सर्ने जोखिम हुन्छ । डा. पुनका अनुसार निरन्तर पातलो चौलानी जस्तो दिसा लाग्नु, बान्ता हुनु हैजाका प्रमुख लक्षण हुन् । हैजा लाग्न नदिन पानी उमालेर वा शुद्धिकरण गरेर पिउन, व्यक्तिगत सरसफाइमा ध्यान दिन, बासी सडेगलेका खानेकुरा नखान, फलफूल र तरकारी राम्ररी सफा गरेर खान डाक्टरको सल्लाह छ ।
News Desk 0 response बुधबार, साउन ९, २०८१

सम्बन्धित शीर्षकहरु
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गर्दै
शनिबार, असार ६, २०८३-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३



