

-
काठमाडौं : बर्खा लागेसँगै डेंगु सङ्क्रमणको जोखिम बढ्दै गएको छ । डेंगु रोगले महामारीको रूप लिनु अगावै यसको सेरोटाइप पहिचान गर्नुपर्ने विज्ञले औँल्याएका छन् ।
सङ्क्रामक रोग विशेषज्ञ डा। शेरबहादुर पुनले डेंगु रोगको सेरोटाइप पहिचान भएमा सोही अनुसार सतर्कता अपनाउन सकिने बताए । चिकित्सकका अनुसार पहिलो पटक डेंगु सङ्क्रमण हुँदा अधिकांशमा डेंगुको ‘सेरोटाइप–१’ हुन्छ । त्यस्ता व्यक्तिलाई फेरि डेंगु सङ्क्रमण हुँदा अधिकांशमा ‘सेरोटाइप–२’, ‘सेरोटाइप–३’ वा ‘सेरोटाइप–४’ हुने सम्भावना रहन्छ । यसले मानव स्वास्थ्यमा जटिलता हुने भएकाले डेंगु सेरोटाइपको पहिचान हुनुपर्ने पुनको तर्क छ ।
डेंगुको ‘सेरोटाइप–१’ भइसकेका व्यक्तिको शरीरले रोगप्रतिरोध क्षमता विकास गरिसक्ने भएकाले दोहोरिएर सङ्क्रमण हुँदा फरक सेरोटाइप देखिने विज्ञहरू बताउँछन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले डेंगु रोगको गम्भीर समस्या देखिएको बिरामीको ‘सेम्पल’ सङ्कलन गरेर राखेको जानकारी दिए । उनले महिना दिनको ‘सेम्पल’ सङ्कलन गरेर डेंगुको सेरोटाइप पहिचान गर्ने बताए ।
‘एक पटक डेंगु सङ्क्रमण भइसकेपछि एन्टिबडी बन्छ,’ उनले रातोपाटीसँग भने, ‘त्यही भएर पुनः डेंगु सङ्क्रमण भएमा सेरोटाइप–१ हुँदैन, सेरोटाइप २ वा ३ हुन सक्छ । हामीले महिना दिनको सेम्पल सङ्कलन गरेर मात्रै डेंगुको सेरोटाइप परीक्षण गर्ने छौँ ।’
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० का अनुसार ७७ जिल्लामध्ये ७२ जिल्लामा डेंगु सङ्क्रमण देखिएको छ । सन् २०२४ को जनवरी महिनादेखि जुन २३ गतेसम्म देशभरका एक हजार २६८ जनामा डेंगु पुष्टि भएको छ ।
News Desk 0 response मङ्लबार, असार १९, २०८१

सम्बन्धित शीर्षकहरु
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गर्दै
शनिबार, असार ६, २०८३-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३



