

-
खोप निर्माता कम्पनी एस्ट्राजेनेकाले आफूले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप विश्वव्यापी रूपमा फिर्ता लिन शुरु गरेको छ ।
आफूले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोपले मानिसमा रगत जम्ने र रगतमा प्लेटलेट्स घट्ने समस्या देखिन सक्ने स्वीकार गरेलगत्तै कम्पनीले खोप फिर्ता गर्न थालेको सामाचार संस्था रोयटर्सले जनाएको छ । खोप वितरण शुरु भएको केही समयदेखि नै खोपका कारण रगत जम्ने समस्या देखिने चर्चा भए पनि कम्पनीले पहिलो पटक स्वीकार गरेको हो ।
एस्ट्राजेनेकाले बेलायतको अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर विकास गरेको खोपको प्रयोगले स्वास्थ्यमा गम्भीर असरसँगै मृत्युका घटनासमेत भएको भन्दै अघिल्लो वर्ष कम्पनीविरुद्द बेलायतको उच्च अदालतमा मुद्दा परेको थियो । त्यही मुद्दाको सुनुवाइका क्रममा एस्ट्राजेनेकाले पहिलो पटक लिखित रूपमा खोपको ुसाइड इफेक्ट्सु स्वीकार गरेको हो ।
डाक्टरहरूका अनुसार रगत जम्ने समस्याले रक्तसञ्चारमा अवरोध हुन गई शरीरका मुख्य अङ्ग मुटु र मस्तिष्कमा असर गर्छ । यसका कारण धेरैलाई हृदयाघात र मस्तिष्कघात हुने सम्भावना हुन्छ । यस्तो समस्या देखिनेमध्ये झन्डै २० प्रतिशतको ज्यान जाने गरेको छ । खोप लगाएपछि भएको यस्तो समस्यामा बेलायतमा मात्रै कम्तीमा ८१ जनाको ज्यान गएको आशङ्का छ ।
सन् २०२१ मा एस्ट्राजेनेका खोप लगाएका मानिसलाई असर देखिएपछि शुरुमा डेनमार्कले यो खोपको प्रयोगमा रोक लगाएको थियो । त्यसपछि अरू थुप्रै देशले पनि प्रयोगमा रोक लगाएका थिए ।
News Desk 0 response बुधबार, बैशाख २६, २०८१

सम्बन्धित शीर्षकहरु
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गर्दै
शनिबार, असार ६, २०८३-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३



