

-
काठमाडौं : आज आठौँ स्वास्थ्य बीमा दिवस मनाईंदैछ । ‘तपाईको स्वास्थ्य हाम्रो अठोट स् स्वास्थ्य सेवामा सर्वब्यापी पहुँच’ भन्ने नाराकासाथ स्वास्थ्य बीमा दिवस मनाउन लागिएको हो । नेपालमा २०७२ साल चैत २५ देखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको हो ।
स्वास्थ्य बीमा कार्यक्रम ७७ वटै जिल्लाका ७ सय ५३ वटा पालिकामा विस्तार भएको छ । आज अन्तिम पालिकाको रुपमा काठमाण्डौको बुढानिलकण्ठमा सेवा विस्तारको शुरुवात हुन लागेको बीमा बोर्डले जनाएको छ । स्वास्थ्य बीमा कार्यक्रममा अहिलेसम्म ७७ लाख ७१ हजारभन्दा धेरै नागरिक आबद्ध भएका छन् ।
बीमा बोर्डका कार्यकारी निर्देशक डाक्टर दामोदर बसौलाकाअनुसार पछिल्लो जनगणनाको तथ्याङ्कनुसार ३५ दशमलव ८८ प्रतिशत घरपरिवार अनि २६ दशमलव ५४ प्रतिशत नागरिकको पहुँचमा स्वास्थ्य बीमा पुगेको छ । बीमा नवीकरण गर्ने झण्डै ७० प्रतिशत रहेका छन् । स्वास्थ्य बीमा कार्यक्रमबाट बीमितलाई न्यूनतम योगदान रकमका आधारमा स्वास्थ्य उपचार सुविधाको व्यवस्था छ ।
बोर्डले गरेको नयाँ व्यवस्थाअनुसार गएको माघ १ गतेदेखि १० प्रतिशत रकम बिरामी आफैंले तिर्नुपर्ने व्यवस्था लागू गरेको छ । बीमा कार्यक्रममार्फत् पाँच जनासम्मको परिवारको तीन हजार पाँच सय रुपैयाँ बुझाएपछि त्यस घरमा रहेका सदस्यले वर्षभरीमा एक लाख रुपैयाँ बराबरको औषधि उपचार सरकारले तोकेको अस्पतालमा निःशुल्क उपचार गर्न पाइन्छ । पाँच जनाभन्दा बढी सदस्य भएपछि प्रतिसदस्यका दरले थप दुईसय बुझाउनु पर्छ ।
डाक्टर बसौलाले स्वास्थ्य बिमामा सहभुक्तानी लागू भएको, अनलाइनबाट आबद्ध हुने व्यवस्था शुरु गर्न लागिएको, सेवा प्रदायक संस्थालाई पनि तत्कालै भुक्तानीको व्यवस्था गरी सुधारका प्रयास थालिएको बताउनुभयो । सरकारले आउँदो १० वर्ष अर्थात् २०९० सालसम्ममा स्वास्थ्य बीमा कार्यक्रममा सबै नेपाली नागरिकलाई सहभागी गराउने उद्देश्य राखेको छ ।
स्वास्थ्य बीमा ऐन, २०७४ र स्वास्थ्य बीमा नियमावली, २०७५ मा भएको व्यवस्थाअनुसार सङ्गठित व्यक्तिलाई अनिवार्य स्वास्थ्य बीमामा समेट्ने उल्लेख छ । त्यसैअनुसार निजामती कर्मचारी, शिक्षक, सेना, प्रहरी, स्वास्थ्य सेवामा कर्मचारी, संस्थान र उद्योग क्षेत्रका कर्मचारीलाई पनि समेट्नेगरी काम भइरहेको बोर्डले जनाएको छ । आठौँ स्वास्थ्य बीमा दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, स्वास्थ्य मन्त्री उपेन्द्र यादवलगायतले शुभकामना व्यक्त गरी सेवा विस्तार र थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।
News Desk 0 response आइतवार, चैत्र २५, २०८०

सम्बन्धित शीर्षकहरु
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३



