

-
जाजरकोट : भूकम्पबाट प्रभावित जाजरकोटमा सरकारले सञ्चालन गरेको दादुरा र रुवेला तथा टाइफाइडविरुद्धको खोप कार्यक्रममा एक लाख ४० हजार आठ सय ९१ जनाले खोप लगाएका छन् । गएको पुस ४ देखि सञ्चालन भएको खोप अभियान अन्तर्गत छ महिनादेखि १५ वर्षसम्मका ६८ हजार तीन सय ४४ बालबालिकाले दादुरा–रुवेला खोप लगाएका छन् ।
त्यस्तै १६ देखि ४५ वर्षसम्मका ७२ हजार पाँच सय ४७ जनाले टाइफाइडविरुद्धको खोप लगाएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ । कार्यालयका कोल्डचेन सुपरभाइजर शान्तबहादुर बुढाथोकीका अनुसार दादुरा–रुवेला खोप ९९ प्रतिशत र टाइफाइड ८८ प्रतिशत खोपको पहुँच पुगेको छ ।
आपतकालिन अवस्थामा श्वासप्रश्वास, दूषित पिउने पानी र विभिन्न खानेकुराबाट सर्ने रोग फैलिन सक्ने जोखिमलाई कम गर्न सरकारले भूकम्प प्रभावित जाजरकोट, रुकुमपश्चिमलगायत आसपासका सुर्खेत, सल्यान, दैलेख, कालिकोट र जुम्ला जिल्लामा दादुरा–रुवेला र टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरेको हो ।
गएको वर्ष जाजरकोटमा दादुराको सङ्क्रमण देखापरेको थियो । सरकारले हरेक पाँच–पाँच वर्षमा दादुरा–रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गर्ने गरेको भए पनि भूकम्प प्रभावित र आसपासका जिल्लामा पाँच वर्ष नपुग्दै दादुरा–रुवेला र टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरेको स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले बताए ।
News Desk 0 response बुधबार, पुस २५, २०८०

सम्बन्धित शीर्षकहरु
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गर्दै
शनिबार, असार ६, २०८३-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३



