

-
काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पताल भित्रकै विचौलियाले अस्पताललाई बदनाम गरिरहेका बताएका छन् ।वीर अस्पताल सरसफाइ अभियानको आज यहाँ शुभारम्भ गर्दै मन्त्री बस्नेतले अस्पतालको तलब खाने तर व्यक्तिगत स्वार्थ पूरा नभएपछि अस्पताललाई नै गालीगलौज गरी बद्नाम गर्ने, सञ्चारमाध्यममा गलत समाचार लेखाउन लगाउने अस्पताल भित्रैकै विचौलिया भएको बताए ।
“केही स्वार्थी कर्मचारी र विचौलियाले अस्पतालको बद्नाम गरिरहेका छन् । उनीहरुले आफ्नो स्वार्थ पूरा गर्न केही कर्मचारीलाई उचालिरहेकाले यसतर्फ सबै सजक रहन जरुरी छ”, उनले भने । वीर अस्पताललाई नमुना अस्पतालका रुपमा विकास गर्न सबै मिलेर अगाडि बढ्नुपर्नेमा मन्त्री बस्नेतले जोड दिए ।
कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० वीर अस्पतालका उपकुलपति प्राडा भूपेन्द्र बस्नेतले तिहारका बेला अरु ठाउँ सफा सुग्घर र झिलीमिली बनाए जस्तै अस्पतालमा पनि सरसफाइ अभियानको सुरुआत गरिएको बताए । यो कार्यले निरन्तरता पाउने उनको भनाइ थियो ।
वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले विभिन्न समूह बनाएर अस्पताल सरसफाइ अभियान थालिएको जानकारी दिए । सरसफाइ अभियानमा न्याम्सका पदाधिकारी, विभागीय प्रमुख, चिकित्सक, कर्मचारीलगायत सहभागी रहेका थिए ।
News Desk 0 response शनिबार, कार्तिक २५, २०८०

सम्बन्धित शीर्षकहरु
-
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३
-
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३



