

-
भारतको नयाँ दिल्लीमा हिजो शनिवारदेखि शुरु भएको जी–२० को दुई दिने शिखर सम्मेलन सकिएको छ । आयोजक देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले १८ औँ शिखर सम्मेलन सकिएको घोषणा गरेका बीबीसीले जनाएको छ । उनले नयाँ दिल्ली सम्मेलनको समीक्षा गर्न आउँदो नोभेम्बरको अन्त्यतिर भर्चुअल समीक्षा बैठक गर्ने प्रस्ताव गरेका छन् । भारत आउँदो नोभेम्बरसम्म जी–२० समूहको अध्यक्ष रहनेछ ।
गएको वर्ष डिसेम्बर १ मा इन्डोनेसियाको बालीमा भएको १७ औँ शिखर सम्मेलनमा भारतले समूहको अध्यक्षता ग्रहण गरेको थियो । दिल्ली शिखर सम्मेलन सकिएको घोषणा गर्नुअघि प्रधानमन्त्री मोदीले ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई जी २० को अध्यक्षता हस्तान्तरण गरेका बीबीसीले जनाएको छ । चक्रीय प्रणालीअनुसार आउँदो डिसेम्बर १ देखि एक वर्षसम्म ब्राजिल समूहको अध्यक्ष हुनेछ । जी २० को १९ औँ शिखर सम्मेलन पनि ब्राजिलमै हुनेछ ।
दिल्ली सम्मेलनले जी–२० शिखर सम्मेलनले घोषणापत्र जारी गरेको छ । रुस–युक्रेन युद्धको विषयले घोषणापत्रमा सहमति जुटाउन सजिलो नहुने अनुमानका बीच सम्मेलनको पहिलो दिन नै विना विवाद सहमति जुटेको बीबीसीले जनाएको छ । घोषणापत्र बलियो, दिगो, सन्तुलित र समावेशी वृद्धि, दिगो विकास लक्ष्यमा प्रगतिको गति, दिगो भविष्यका लागि हरित विकास सम्झौता, २१ औँ शताब्दीका लागि बहुपक्षीय संस्थाहरू र बहुपक्षवादलाई पुनर्जीवित गर्नेमा केन्द्रित छ ।
तर जी–२० नेताहरूको वक्तव्यप्रति युक्रेनले निराशा व्यक्त गरेको छ । युक्रेनले वक्तव्यमा नाम किटाएर रुसको प्रत्यक्ष आलोचना नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरेको हो । रुसले भने नयाँ दिल्ली शिखर सम्मेलन सफल भएको बताएको छ । रुसी विदेशमन्त्री सेर्गेई लाभरोभले जी २० को इतिहासमा पहिलो पटक औद्योगिक एवम् आर्थिक विकासको बाटोमा बिस्तारै अग्रसर भइरहेका देशलाई वास्तवमै एकताबद्ध गर्न समूहको नयाँ दिल्ली शिखर सम्मेलन सफल भएको बताएका बीबीसीले जनाएको छ ।
News Desk 0 response आइतवार, भदौ २४, २०८०

सम्बन्धित शीर्षकहरु
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि अनुसन्धानको दायरामा आउलान ?
शुक्रबार, मंसिर १२, २०८३-
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३ -
गगन थापाको अभिव्यक्तिप्रति महतको आपत्ति
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३ -
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३
-
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३ -
गगन थापाको अभिव्यक्तिप्रति महतको आपत्ति
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३ -
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३


