

-
कालीकोट : कालीकोटको खाँडाचक्र नगरपालिका–१ मान्म बजारबाट चार वर्षीय छोरासहित एक महिला बेपत्ता भएकी छिन् । दानबहादुर शाहीकी कान्छी श्रीमती गीताकुमारी जैसी शाही र चार वर्षका छोरा टेकेन्द्र मान्म नावगैरामा बस्ने कोठाबाट गए रातिदेखि बेपत्ता भएका हुन् ।
१५ वर्षदेखि मान्म बजारमा व्यवसाय गर्दै आएका शाहीले पाँच वर्षअघि कान्छी श्रीमतीको रूपमा बिहे गरेर छोरा जन्माएपछि पारिवारिक हिंसा बढ्दै गएर गीता अलग बस्दै आएकी थिइन् । उनले श्रीमानसँगको झगडापछि कालीकोट जिल्ला अदालतमा अंश मुद्दासमेत दायर गरेकी थिइन् । उनका माइती पक्षले महिलाका श्रीमानले नै आमाछोरालाई बेपत्ता बनाएको भन्दै प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।
आमा छोरा बेपत्ता भएको खबर प्राप्त भएलगत्तै खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) अर्जुन केसीले बताए । डीएसपी केसीका अनुसार कोठामा महिलाका रौँ उखेलिएको अवस्थामा भेटिएको छ । बेपत्ता भएकी गीताकी सौता रेश्मा शाहीसहित तीन जनालाई सोधपुछका लागि प्रहरी कार्यालयमा ल्याइएको उनले जानकारी दिए ।
मान्म बजारमा ुशाहीजी इलेक्ट्रोनिक्सु सञ्चालन गर्दै आएका दानबहादुरको पक्की घर भए पनि गीतालाई घरमा बस्न नदिएकाले बाहिर कोठा लिएर बस्दै आएकी थिइन् । गीताको कोठामा कपडा यत्रतत्र छरिएका, कपालको छालासहित रौँ उखेलेर फ्याँकिएको अवस्थामा भेटिएकोले कोठामै आमाछोराको हत्या गरेर शव बेपत्ता बनाइएको हुनसक्ने उनकी दिदी नाता पर्ने पवित्रा जैसी धमलाको दाबी छ ।
दुई हप्ताअघि दानबहादुरले म्यासेन्जमा गीताका बुबाको पनि आफैँले मान्छे लगाएर भिरबाट धकेल्न लगाई हत्या गरेको र आफूलाई बढी अन्याय गरे गीता र छोरालाई पनी मारिदिने भनेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
दानबहादुरकी जेठी श्रीमती रञ्जनाले भने श्रीमानको फेसबुक गीता आफैँले चलाएर फसाउन म्यासेन्जरमा लेखेको बताउने गरेकी थिइन् । म्यासेन्जरमा अंश मुद्दा फिर्ता लिन धम्क्याउँदै गीता र उनको छोरालाई मार्ने धम्की दिइएको थियो । म्यासेन्जरमा अदालत, न्यायाधीश सबैलाई आफूले किनिसकेको पनि लेखिएको थियो ।
News Desk 0 response शुक्रबार, भदौ २२, २०८०

सम्बन्धित शीर्षकहरु
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि अनुसन्धानको दायरामा आउलान ?
शुक्रबार, मंसिर १२, २०८३-
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३ -
गगन थापाको अभिव्यक्तिप्रति महतको आपत्ति
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३ -
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३
-
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३ -
गगन थापाको अभिव्यक्तिप्रति महतको आपत्ति
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३ -
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३


