

-
काठमाडौं : आउँदो २७ गतेदेखि किशोरीमा लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ ढुक्क भएर लगाउन सरकारले आग्रह गरेको छ ।
स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा। विवेककुमार लालले खोपको प्रभावकारिता रहेकाले ढुक्क भएर लगाउन आग्रह गर्नु भएको हो । उनले यो खोपको दुई मात्रा लगाए पनि पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमण ९५ प्रतिशतले रोकिने बताए ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पनि यो खोप प्रमाणीकरण गरेको छ भने औषधि व्यवस्था विभागले पनि खोपको प्रयोगका लागि अनुमति दिइसकेको छ ।
आउँदो २७ गतेदेखि सातै प्रदेशका सात अस्पतालबाट १० देखि १४ वर्ष उमेरसमूहका १० हजार जना किशोरीलाई खोप लगाइने छ । यो खोपको दुई मात्रा दिइने महाशाखाका निर्देशक डा विवेककुमार लालले बताए । अहिले पहिलो मात्रा र छ महिनापछि दोस्रो मात्रा खोप दिइने छ ।
उहाँका अनुसार कोशी प्रदेशको कोशी अस्पतालमा २८ देखि ३० गतेसम्म, मधेस प्रदेशको नारायणी अस्पतालमा २९ देखि ३१ गतेसम्म, बाग्मती प्रदेशको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा, लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँके र कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेतमा २७ देखि ३० गतेसम्म खोप लगाइने छ । यस्तै, सुदूरपश्चिम प्रदेशको डडेलधुरा अस्पतालमा २७ गतेदेखि २९ गतेसम्म खोप लगाइने छ ।
यो खोपले पाठेघरको मुखको क्यान्सर लाग्नबाट बचाउने गर्दछ ।
गएको असारमा सरकारले चीनबाट खरिद गरेर २० हजार मात्रा खोप ल्याएको थियो । यसअघि सरकारले सन् २०१६र१७ मा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नमुनाका रूपमा चितवन र कास्कीमा सञ्चालन गरेको थियो । यो अवसरमा कास्कीमा १० हजार नौ सय ३६ र चितवनमा १४ हजार ३५ किशोरीलाई एचपीभी खोप दिइएको थियो ।
महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले डब्ल्यूएचओले अरु खोपलाई जस्तै मान्यता दिएकाले सबैले ढुक्क भएर लगाउन आग्रह गरे। एचपीभी खोपको प्रभावकारिता ९५ प्रतिशतदेखि ९९ प्रतिशत रहेको उनले बताए । ‘ह्युमन प्यापिलोमा भाइरस’ले गर्दा हुनसक्ने महिलाको पाठेघरको मुख, यौनाङ्गको क्यान्सर तथा यौनाङ्गमा हुने मुसाबाट खोपले बचाउँछ ।
यस्तै, एचपीभी सङ्क्रमण भएपछि अहिलेसम्ममा ठोस उपचार पद्धति नभएको हुँदा समयमै एचपीभी खोप लगाएमा सङ्क्रमण हुने सम्भावना समेत कम हुने डा. गौतमले जानकारी दिए । नेपालका महिलालाई पाठेघरको मुखको क्यान्सर सबभन्दा बढी लाग्ने गर्दछ । विश्वमा भने महिलालाई सबभन्दा बढी स्तन क्यान्सर हुने गरेको छ ।
सरकारी तथ्याङ्कानुसार सन् २०२० को प्रतिवेदन अनुसार दुई हजार दुई सय ४४ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखिएकामा एक हजार चार सय ९३ जना अर्थात् ६६ दशमलव पाँच प्रतिशतको ज्यान गएको थियो । पाठेघरको मुखको क्यान्सर ३५ वर्षदेखि ६४ वर्ष उमेर समूहका महिलामा धेरै हुने गरेको छ ।
‘ह्युमन प्यापिलोमा भाइरस’का कारणले पाठेघरको मुखमा क्यान्सर हुने गर्दछ । त्यही भाइरसविरुद्ध एचपीभी खोप दिन लागिएको हो । एलर्जी भएमा वा पहिलो मात्रा लगाएर कडा किसिमको प्रतिक्रिया भएमा, ज्वरो आएको अवस्थामा र गर्भवती अवस्थामा खोप लगाउन नहुने खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो । एचपीभी खोपलाई पनि सरकारले नियमित खोपमा समावेश गर्ने तयारी गरिरहेको छ ।
News Desk 0 response शुक्रबार, भदौ २२, २०८०

सम्बन्धित शीर्षकहरु
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३



