

-
काठमाडौं : डेङ्गी सङ्क्रमणबाट कोशी प्रदेशमा अहिलेसम्म १४ जनाको मृत्यु भएको छ । २२ हजार दुई सय ३७ जना सङ्क्रमित भएका छन् ।
डेङ्गीबाट सबैभन्दा धेरै सुनसरी जिल्ला प्रभावित छ । सुनसरीमा मात्रै १२ जनाले ज्यान गुमाएका प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका जनस्वास्थ्य अधिकृत विवेचना चम्लागाईँले जानकारी दिए । उनका अनुसार सुनसरीमा मात्रै झण्डै १६ हजार जना सङ्क्रमित भएका छन् ।
कोशी प्रदेशको सुनसरीसहित १४ वटै जिल्लामा डेङ्गीको सङ्क्रमण फैलिएको छ । उनका अनुसार मोरङमा तीन हजार तीन सय ६३ सङ्क्रमित हुँदा एक जनाको ज्यान गएको छ । झापामा एक हजार चार सय २० सङ्क्रमित छन् ।
झापामा पनि एक जनाको ज्यान गएको तथ्याङ्क छ । देशका ७५ वटा जिल्लामा डेङ्गी फैलिएको छ । स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार कर्णालीको मुगु र हुम्लामा यसवर्ष डेङ्गीको सङ्क्रमण भेटिएको छैन ।
महाशाखाका प्रमुख रुद्र मरासिनीका अनुसार देशभरको पूर्ण विवरण सङ्कलन गर्ने काम भैरहेको छ । उनले सङ्क्रमण अझै उच्च बिन्दुमा जान सक्ने भएकाले सङ्क्रमण बढ्न नदिन सबैले सतर्कता अपनाउँदै रोग नियन्त्रण र रोकथाममा सहयोग गर्नुपर्ने बताए । विशेष गरी गर्मी र बर्खायाममा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गी फैलिने गरेको छ । केही दिन पानी पर्ने अनि घाम लाग्ने हुँदा तापक्रममा आउने उतारचढावले सङ्क्रमण फैलिने गरेको छ ।
डेङ्गी रोग एडिज एजिप्टी र एडिज एल्बोपिक्टस प्रजातिको लामखुट्टेको टोकाइबाट सर्छ । नेपालमा असोज महिनामा प्रकोप उच्च बिन्दुमा पुगेपछि बिस्तारै घट्ने गरेको छ । आफ्नो घर र कार्यालयबाट लामखुट्टेको वृद्धि र विकास हुन नदिन, पानी जम्ने खाल्डाखुल्डी पुर्न तथा लामखुट्टेको टोकाइबाट जोगिन महाशाखाका प्रमुख मरासिनीको आग्रह छ ।
ज्वरो आउने, बान्ता हुने, छालामा डाबर आउनेलगायत डेङ्गीका लक्षण हुन् । आन्तरिक रक्तस्राव, पेट दुख्ने, नाक वा गिजाबाट रगत आउने, दिशामा रगत देखिने जस्ता समस्या भएमा अस्पताल जान डाक्टरको सुझाव छ ।
News Desk 0 response शुक्रबार, भदौ ८, २०८०

सम्बन्धित शीर्षकहरु
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३



