

-
काठमाडौं : डेङ्गीले महामारीको रूप लिएपछि धरानमा स्वास्थ्य आपत्काल घोषणा गर्न स्थानीय प्रशासनले सिफारिस गरेको छ ।
आज शुक्रवार सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समिति बैठकले धरानलाई स्वास्थ्य आपत्काल घोषणा गरेर डेङ्गीविरुद्ध तीव्र अभियान चलाउन गृह मन्त्रालयमा सिफारिस गरेको हो । धरानमा डेङ्गीको सङ्क्रमण तीव्र बनेकाले स्वास्थ्य आपत्काल घोषण गर्न सिफारिस गरेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।
धरानका अस्पतालहरूमा डेङ्गी सङ्क्रमितको भिड अस्वाभाविक बढिरहेको छ । धरानमा एकै दिन एक हजार सात सय ७६ जना डेङ्गी भाइरस सङ्क्रमित थपिएका धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले बताए । धरानमा झन्डै १० हजार जना डेङ्गी सङ्क्रमित रहेका उनले बताए ।
धरानका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डेङ्गी क्लिनिक, फिवर क्लिनिक र डेङ्गी अस्पतालसहित उपमहानगरको विभिन्न स्वास्थ्य चौकी, वडा समिति कार्यालयहरूले सञ्चालन गरेका निःशुल्क स्वास्थ्य शिविर, धरान सभागृह र उद्योग वाणिज्य सङ्घ सुनसरीको हलमा उपमहानगरले निःशुल्क जाँच र औषधि वितरण गरिरहेको छ ।
News Desk 0 response शुक्रबार, साउन २६, २०८०

सम्बन्धित शीर्षकहरु
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३



