

-
काठमाडौं : नेपालमा डेङ्गी भाइरसको सङ्क्रमण सेरोटाइप–२ स्वरूप बढी सक्रिय रहेको पाइएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गरेको अध्ययनमा यसपटक सेरोटाइप–२ स्वरूप बढी देखिएको हो ।
महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले सेरोटाइप–२ स्वरूपको डेङ्गी ४१ प्रतिशत देखिएको जानकारी दिए । महाशाखाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ वटा नमुना परीक्षण गरेको थियो । परीक्षणमा सेरोटाइप–१, सेरोटाइप–२ र सेरोटाइप–३ देखिएको छ । उनले तीमध्ये सेरोटाइप–१ केहीमा र सेरोटाइप–३ पनि देखिएको बताए ।
सन् २०२२ मा भने सेरोटाइप–१ र सेरोटाइप–३ बढी देखिएको र सन् २०१९ मा गरिएको नमुना परीक्षणमा सेरोटाइप–१ र सेरोटाइप–२ देखिएको महाशाखाले जनाएको छ । एउटा सेरोटाइप देखिएपछि अर्को सेरोटाइप पुनः मानिसलाई भएपछि अलि खतरनाक हुने उनको भनाइ छ ।
अहिलेसम्म नेपालमा डेङ्गी सङ्क्रमणका चारवटै स्वरूपका सेरोटाइप देखिएका छन् । एउटा स्वरूपको सेरोटाइप मानिसमा देखिएपछि फेरि पनि त्यही नलाग्ने हुन्छ । ‘चारैवटै सेरोटाइप भिन्न भन्ने हुँदैन । जुन सेरोटाइप लाग्छ, त्यसले रोगविरुद्धमा लड्ने क्षमता विकास गर्दछ’, उनले भने, ‘तर एउटा सेरोटाइप लागेर अर्को सेरोटाइपको सङ्क्रमण भएपछि त्यसको लक्षण बढी खतरानक हुन्छन् ।’
डेङ्गी सङ्क्रमण दुईपटक लागेपछि बढी सङ्क्रामक हुन्छ । ‘पहिलोपटक सेरोटाइप–१ डेङ्गीको स्वरूप देखिएको छ भने अर्कोपटक सङ्क्रमण हुँदा सेरोटाइप–२ वा सेरोपाइप–३ देखिन्छ’, उनले भने, ‘यसरी पुनः डेङ्गी देखियो भने बिरामीलाई बढी जटिल बनाउने गर्दछ ।’ डेङ्गी भाइरसको प्रोटिनको संरचनाका आधारमा सेरोटाइप छुट्याइने गरिन्छ ।
शाखा प्रमुख डा. दाहालले पहिलोपटक लागेको सेरोटाइपले शरीरमा रोगसँग लड्ने क्षमता विकास गर्ने बताए । महाशाखाका अनुसार पुसयता मात्र पाँच हजार छ सय ८८ जनामा सङ्क्रमण देखिएको छ । सबभन्दा बढी सुनसरीमा तीन हजार चार सय ८६ जनामा देखिएको छ ।
लगातार परिरहेको पानीले गर्दा र सरसफाइमा ध्यान नदिँदा सङ्क्रमण दैनिक बढिरहेको महाशाखाले जनाएको छ । डेङ्गी पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलमा लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गी लाग्ने गर्दछ ।
नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेङ्गी देखिएको थियो । मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न अनुरोध गरेको छ ।
News Desk 0 response शुक्रबार, साउन १९, २०८०

सम्बन्धित शीर्षकहरु
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३



