

-
काठमाडौं : सातौँ प्रधानमन्त्री कप एनभीए राष्ट्रिय भलिबल लिग प्रतियोगितामा हिजो त्रिभुवन आर्मी र गण्डकी प्रदेशबीच भएको खेलमा दर्शकमाथि भएको हातपातको घटनाको छानबिन हुने भएको छ ।
नेपाल भलिबल सङ्घले खेलका क्रममा भएको हातपातको घटनाको छानबिन गर्ने निर्णय गरेको छ । सङ्घको कार्यसम्पादन समितिको हिजो बेलुका बसेको आपत्कालीन बैठकले सङ्घका महासचिव तथा प्रतियोगिता संयोजक रोशन श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
समितिलाई छानबिन गरेर यही असार ३० गतेभित्र प्रतिवेदन बुझाउन जिम्मेवारी दिइएको छ । समितिमा सचिव सुनकेशरी माली, कोषाध्यक्ष श्यामकृष्ण श्रेष्ठ, सदस्य अन्जु श्रेष्ठ र जुनु पुन रहेका छन् । खेलमा आजदेखि थप सुरक्षा व्यवस्था बढाइने भएको छ ।
गण्डकी प्रदेशका एक समर्थकले आर्मीका खेलाडीको नाम नै तोकेर कारबाहीको माग राख्दै सङ्घमा निवेदन समेत दर्ता गराएका महासचिव श्रेष्ठले जानकारी दिएका छन् । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा हिजो भएको तनावपूर्ण खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–० ले हराएको थियो ।
News Desk 0 response मङ्लबार, असार २६, २०८०

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


