

-
कास्की : पोखरा महानगरपालिकाले पोखरा–मुग्लिङ सडक विस्तार आयोजनाअन्तर्गत पोखराको पृथ्वीचोकदेखि कोत्रेसम्मको पृथ्वी राजमार्गको सडकको दायाँ बायाँ मापदण्ड मिचेर बनाइएका संरचना हटाउने काम थालेको छ । महानगरले पहिलो चरणमा पृथ्वीचोकदेखि विजयपुरसम्मको क्षेत्र खाली गराउने काम थालेको हो ।
मापदण्डभित्र रहेका संरचना हटाइएको छ भने लामो समयदेखि ुडम्पु गरेर राखिएका पुराना गाडी तथा ग्यारेजसमेत विस्थापित गरिएको छ । आफ्नो आग्रहलाई हटेर गरेपछि महानगरले केही गाडी नियन्त्रणमा लिएको छ।
यो राजमार्ग एसियाली विकास बैंक (एडीबी) को सहयोगमा विस्तार गरी चार लेनको बनाउन लागिएको हो । सडक आयोजनाको मापदण्डअन्तर्गत पोखरा खण्ड ४६ मिटर चौडाइको हुनेछ । सडकको बीच भागबाट २३र२३ मिटर दायाँ–बायाँका संरचनामा डोजर लगाएको महानगरका मेयर धनराज आचार्यले बताए ।
महानगरले पटक–पटक सडकको ‘राइट अफ वे’ खाली गर्न सूचना दिएको थियो । सडक मापदण्डभित्र पर्ने स्थायी संरचना भने मुआब्जा वितरणपछि भत्काउन थालिनेछ । आयोजनाअन्तर्गत पोखरा महानगरभित्र एक सय ७० वटा घर भत्काउनुपर्नेछ । जसमा अहिलेसम्म एक सय १२ वटा घर एवम् भौतिक संरचनाको मुआब्जा वितरण सकिएको छ ।
सेती नदीमा अहिले भएको पुलभन्दा माथि र तल दुईरदुई लेनको दुई वटा पुल बनाउन एक अर्ब सात करोड रुपैयाँमा नेपाली कम्पनी रसुवा कन्स्ट्रक्शनले ठेक्का पाएको छ । सेती पुलबाहेक राजमार्गको पश्चिम खण्डमा चार वटा ठूला र १२ वटा साना पुल बन्नेछन् ।
News Desk 0 response सोमवार, असार २५, २०८०

सम्बन्धित शीर्षकहरु
चिसो मौसममा आन्दोलनको रापताप बढ्दै : विभिन्न पेशागत समूह, समुदाय र राजनीतिक दलहरू आन्दोलित
आइतवार, मंसिर १४, २०८३-
देउवा पक्षको महाधिवेशनको वैधानिकतामाथि प्रश्न खडा
आइतवार, मंसिर १४, २०८३ -
युक्रेनको आक्रमणपछि रुसको जवाफी तयारी, मदरसिप जहाजको..
आइतवार, मंसिर १४, २०८३ -
चिसो मौसममा आन्दोलनको रापताप बढ्दै : विभिन्न..
आइतवार, मंसिर १४, २०८३ -
छन्द साधनामा प्रौढ र युवापुस्ता जोड्दै रामप्रसाद..
शनिबार, मंसिर १३, २०८३ -
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३
-
चिसो मौसममा आन्दोलनको रापताप बढ्दै : विभिन्न..
आइतवार, मंसिर १४, २०८३ -
छन्द साधनामा प्रौढ र युवापुस्ता जोड्दै रामप्रसाद..
शनिबार, मंसिर १३, २०८३ -
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छन्द साधनामा प्रौढ र युवापुस्ता जोड्दै रामप्रसाद..
शनिबार, मंसिर १३, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३


