

-
काठमाडौं : युएईमा फेरि अर्का एक नेपालीले एक मिलियन यूएई दिर्हाम अर्थात् झण्डै तीन करोड ६० लाख रुपैयाँ चिठ्ठा जितेका छन् ।
यूएईमा कार्यरत मेघ नाम गरेका नेपाली नागरिकले गएको शनिवार महजुज ड्रमा एक मिलियन दिर्हाम अर्थात् यो समाचार तयार पार्दाको विनिमय दर अनुसार तीन करोड ५७ लाख ९८ हजार १३३ रुपैयाँको चिठ्ठा जितेका यूएईको स्थानीय सञ्चार माध्यम गल्फ न्युजले उल्लेख गरेको छ । मेघको अन्तिम नाम अर्थात् थर र नेपालको ठेगाना भने समाचारमा उल्लेख गरिएको छैन ।
शनिवार भएको १३५ औँ महजुज ड्रमार्फत मिलियन दिर्हाम जित्नेमा मेघ चौथो नेपाली भएका छन् । यसअघि भरतले पहिलो पटक महजुजको ड्रमा एक करोड दिर्हाम, पदमले दुई करोड युएई दिर्हाम र सूर्यले दश लाख यूएई दिर्हाम चिठ्ठा जितेका थिए ।
मेघ यूएईको आबुधाबीमा ८ वर्षदेखि कार्यरत हुनुहुन्छ । आबुधाबीको एक निजी कम्पनीमा अफिस ब्वाइका रूपमा कार्यरत रहेका छन् ।
मेघले महजुजको चिठ्ठा काटेको यो चौथो पटक थियो।
मेघले गल्फ न्युजसँग भन्नुभएको छ ‘महजुजको ड्र हुनुभन्दा ठिक अघि मैले पानीको बोतल किने र ड्रमा प्रवेश गरेँ, म त काम नै गरिरहेको थिएँ, त्यसैले शनिवारको दिन ड्र हेर्न मसँग समय थिएन, साथीले भनेपछि पो थाहा पाएँ ।’
साथीले फोनमा आफूले जीतेको खबर गर्दा पनि पत्यार नलागेपछि युट्युबमा ड्रको भिडियो हेर्दा मेघले आफ्नो महजुज नम्बर र नाम देखेको बताएका छन् ।
गल्फ न्युजका अनुसार मेघको दुई बालबच्चा छन् । उनी अहिले उमेरले ४५ वर्षको भए।
आफूले विदेशमा कमाएर पूरा गर्न साँचेका सपना महजुज ड्रमार्फत पूरा भएकोमा आफू निकै खुसी भएको मेघको भनाइ छ । जितेको पैसाले आफ्नो बालबच्चाको भविष्य बनाउने, आफ्नो लागि घर बनाउने र नेपाल फर्किएर एउटा सानो व्यवसाय सुरु गर्ने उनको योजना छ ।
News Desk 0 response बुधबार, असार २०, २०८०

सम्बन्धित शीर्षकहरु
चिसो मौसममा आन्दोलनको रापताप बढ्दै : विभिन्न पेशागत समूह, समुदाय र राजनीतिक दलहरू आन्दोलित
आइतवार, मंसिर १४, २०८३-
देउवा पक्षको महाधिवेशनको वैधानिकतामाथि प्रश्न खडा
आइतवार, मंसिर १४, २०८३ -
युक्रेनको आक्रमणपछि रुसको जवाफी तयारी, मदरसिप जहाजको..
आइतवार, मंसिर १४, २०८३ -
चिसो मौसममा आन्दोलनको रापताप बढ्दै : विभिन्न..
आइतवार, मंसिर १४, २०८३ -
छन्द साधनामा प्रौढ र युवापुस्ता जोड्दै रामप्रसाद..
शनिबार, मंसिर १३, २०८३ -
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३
-
चिसो मौसममा आन्दोलनको रापताप बढ्दै : विभिन्न..
आइतवार, मंसिर १४, २०८३ -
छन्द साधनामा प्रौढ र युवापुस्ता जोड्दै रामप्रसाद..
शनिबार, मंसिर १३, २०८३ -
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छन्द साधनामा प्रौढ र युवापुस्ता जोड्दै रामप्रसाद..
शनिबार, मंसिर १३, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३


