

-
काठमाडौं : जिल्ला अदालत, ललितपुरका कर्मचारीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका अधिवक्ता अमिर लामिछाने रिहा भएका छन् ।
बुधबार नायब सुब्बा प्रेमिका तामाङ र अधिवक्ता लामिछानेबीच अदालतभित्रै झगडा भएको थियो ।
आफैं कागजात पल्टाई हेर्न थालेको र आफूले मिसिल नहेर्नुस्, आवश्यक भए नक्कल सारी हेर्नुस् भन्दा गालीगलौज गर्दै हातपात गरेको तामाङको दाबी छ ।लामिछानेले भने मुद्दामा भएको आदेश हेर्न खोज्दा नासु तामाङले घुस मागेको र इन्कार गर्दा जथाभावी बोलेर हातपात गर्न थालेको दाबी गरेका थिए ।
बिहीबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी नै परेपछि प्रहरीले अधिवक्ता लामिछानेलाई नियन्त्रणमा लियो । उनलाई कारबाहीको माग गर्दै अदालतका कर्मचारी ट्रेड युनियनले आइतबार १ बजेसम्म कलम बन्द गरे, त्यसको प्रतिवादमा कानुन व्यवसायीले १ बजेपछि बहस नगर्दा कतिपय अदालतमा सुनुवाइ प्रभावित भएको थियो ।
नेपाल बार एशोसिएसनले सोमबार बन्द प्रत्यक्षीकरणको निवेदन बाहेकका अरु मुद्दामा बहस नगर्ने घोषणा गरेको छ ।
विवाद बार र बेञ्च तहसम्म पुगेपछि प्रशासनले अधिवक्ता लामिछाने आइतबार रिहा गरेको छ । अधिवक्ता लामिछानेलाई साधारण तारेखमा छाडिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।
News Desk 0 response आइतवार, असार १७, २०८०

सम्बन्धित शीर्षकहरु
चिसो मौसममा आन्दोलनको रापताप बढ्दै : विभिन्न पेशागत समूह, समुदाय र राजनीतिक दलहरू आन्दोलित
आइतवार, मंसिर १४, २०८३-
देउवा पक्षको महाधिवेशनको वैधानिकतामाथि प्रश्न खडा
आइतवार, मंसिर १४, २०८३ -
युक्रेनको आक्रमणपछि रुसको जवाफी तयारी, मदरसिप जहाजको..
आइतवार, मंसिर १४, २०८३ -
चिसो मौसममा आन्दोलनको रापताप बढ्दै : विभिन्न..
आइतवार, मंसिर १४, २०८३ -
छन्द साधनामा प्रौढ र युवापुस्ता जोड्दै रामप्रसाद..
शनिबार, मंसिर १३, २०८३ -
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३
-
चिसो मौसममा आन्दोलनको रापताप बढ्दै : विभिन्न..
आइतवार, मंसिर १४, २०८३ -
छन्द साधनामा प्रौढ र युवापुस्ता जोड्दै रामप्रसाद..
शनिबार, मंसिर १३, २०८३ -
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छन्द साधनामा प्रौढ र युवापुस्ता जोड्दै रामप्रसाद..
शनिबार, मंसिर १३, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३


