

-
काठमाडौं : आईसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तरगत सातौँ स्थानको प्लेअफ सेमिफाइनलमा नेपालद्वारा यूएईलाई ३ विकेटले पराजित गरेको छ । यूएईले प्रस्तुत गरेको १ सय ८२ रनेको लक्ष्य नेपालले ४३.२ ओभरमा ७ विकेटको क्षतिमा पुरा गरेको हो ।
नेपाल खेलमा खराब सुरुवात गरेको थियो । ओपनर अर्जुन साउद मात्र १ रन बनाएर आउट भएका थिए । २९ रनमा नेपालले १३ रन बनाएका ज्ञानेन्द्र मल्ललाई गुमायो । त्यसपछि लगातार विकेट गुमाएको नेपालका लागि कुशल भुर्तेल आउट हुँदा टोलीले ६३ रनमा ६ विकेट गुमाइसकेको थियो । भुर्तेलले ३५ रन बनाउँदा रोहित पौडेल, भीम सार्की र आरिफ शेखले दोहोरो अङ्कमा रन नै जोड्न सकेनन् ।
गुल्सन झा पनि १२ रन बनाएर आउट भएपछि नेपाल ७ विकेटको क्षतिमा १०६ रनको खराब स्थितिमा रहेको थियो । त्यसपछि भने ऐरीले लामिछानेसँग मिलेर नेपालको इनिङ्सलाई सम्हाल्दै टोलीलाई जीतसम्म डोर्याए । ऐरीले सर्वाधिक ७९ रन बनाए भने लामिछानेले २३ रन बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ४६।५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८१ रन बनाएको थियो । यूएईका लागि कप्तान भृतिया अरविन्दले सर्वाधिक ४४ रनको योगदान दिए । रोहन मुस्तफाले ३५ तथा बसिल हमिदले २९ रन बनाए । नेपालका लागि सन्दीप लामिछाने र करण केसीले ३–३ विकेट लिए । त्यस्तै प्रतिस जिसी, गुल्सन झा र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।
News Desk 0 response आइतवार, असार १७, २०८०

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


