• काठमाडौं : ललिता निवास जग्गा प्रकरणमा थप ३ जना पक्राउ परेका छन् ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तत्कालीन वडा सचिव शिवजी भण्डारी, नापी सर्वेक्षक घमनकुमार कार्की र मोही बाबुराम महर्जनलाई पक्राउ गरेको हो ।

    यस मुद्दामा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधिर शाहसहित ५ जना म्याद थप गरेर प्रहरी हिरासतमा छन् ।

    सीआईबीले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने अनियमितता प्रकरणमा सरकारी छाप दस्तखत किर्ते मुद्दामा उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।