

-
छेन्दु : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालका विभिन्न विमानस्थलमा हवाइ उडानको सङ्ख्या वृद्धि गर्न सिचुवान एयरलाइन्सका पदाधिकारीसँग आग्रह गरेका छन् । सिचुवान एयरलाइन्सका अध्यक्ष श्र चुइसँग आज भएको भेटमा उनले छेन्दुबाट काठमाडौँमा उडान सङ्ख्या बढाउन तथा पोखरा र भैरहवा विमानस्थलमा नियमित उडान गर्न आग्रह गरे ।
सम्पर्क सञ्जालको बढोत्तरीसँगै दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने उल्लेख गर्दै उनले भने, “यसअघि छेन्दु–ल्हासा–काठमाडौँ उडान थियो, अहिले छेन्दुबाट काठमाडौँ सिधा उडान भएको छ । छेन्दु–काठमाडौँको उडान सङ्ख्या वृद्धि तथा छेन्दुबाट भैरहवामा नियमित उडान गर्न सकियो भने कनेक्टिभिटी बढाउँछ, यसले दुई देशबीको सम्बन्ध थप प्रगाढ हुन्छ ।”
नेपाल र चीनबीच आर्थिक तथा सांस्कृतिक सम्बन्ध निकै प्रगाढ रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले दुई देशबीचको सम्बन्धलाई अझ मबजुद बनाउन हवाइ सम्पर्क सञ्जालको निकै महत्वपूर्ण भूमिका हुने बताए । “नेपालले कृषि, जलस्रोतका अतिरिक्त पर्यटनलाई उच्च महत्त्व दिएको छ, नेपालमा चिनियाँ पर्यटक भित्रयाउन हवाइ सम्पर्क सञ्जाल विस्तारले सहयोग गर्न सक्छ, यसका लागि सिचुवान एयरलाइन्सले भूमिका खेल्न सक्छ”, उनले भने ।
सो क्रममा एयरलाइन्सका अध्यक्ष चुइले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सिचुवान एयरलाइन्सको चार्डड उडानमार्फत पोखरा विमानस्थलमा उत्रनु भएको स्मरण गरे । उनले एयरलाइन्सको बजार विस्तार गर्न आफूहरु तयार रहेको बताए । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले सिचुवान एयरलाइन्सको अप्रेसन सेन्टरको अवलोकन गरेका छन् ।
News Desk 0 response शनिबार, असार १६, २०८०

सम्बन्धित शीर्षकहरु
चिसो मौसममा आन्दोलनको रापताप बढ्दै : विभिन्न पेशागत समूह, समुदाय र राजनीतिक दलहरू आन्दोलित
आइतवार, मंसिर १४, २०८३-
देउवा पक्षको महाधिवेशनको वैधानिकतामाथि प्रश्न खडा
आइतवार, मंसिर १४, २०८३ -
युक्रेनको आक्रमणपछि रुसको जवाफी तयारी, मदरसिप जहाजको..
आइतवार, मंसिर १४, २०८३ -
चिसो मौसममा आन्दोलनको रापताप बढ्दै : विभिन्न..
आइतवार, मंसिर १४, २०८३ -
छन्द साधनामा प्रौढ र युवापुस्ता जोड्दै रामप्रसाद..
शनिबार, मंसिर १३, २०८३ -
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३
-
चिसो मौसममा आन्दोलनको रापताप बढ्दै : विभिन्न..
आइतवार, मंसिर १४, २०८३ -
छन्द साधनामा प्रौढ र युवापुस्ता जोड्दै रामप्रसाद..
शनिबार, मंसिर १३, २०८३ -
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छन्द साधनामा प्रौढ र युवापुस्ता जोड्दै रामप्रसाद..
शनिबार, मंसिर १३, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३


