

-
भारतको मणिपुरमा हिंसा भड्किँदा पछिल्लो दुई महिनामा १३१ जनाको मृत्यु भएको छ । यसैबीच भारतीय कंग्रेस पार्टीका नेता राहुल गान्धी हिंसाग्रस्त क्षेत्र मणिपुर पुगेका छन् । गान्धी सरकारी हेलिकोप्टर प्रयोग गरी मणिपुरको चुराचांदपुर पुगेका हुन्। राहुल बिहीवार त्यसतर्फ जान लाग्दा बाटोमा हिंसा भड्किन सक्छ भन्दै ३४ किलोमिटर परै विष्णुपुरमा प्रहरीले रोकिदिएका थिए।
त्यसपछि राहुल इंफाल फर्केर आएका थिए। मणिपुरमा पछिल्लो २ महिनादेखि स्थानीय कुकी र मैतेई समूदायबीच हिंसा भड्किएको छ। ३ मेबाट शुरु भएको हिंसामा परी १३१ जनाको ज्यान गइसकेको छ भने ४१९ घाइते भएका छन्। आफ्नो भ्रमण त्यहाँ शान्ति र अमनचायन कायमका लागि भएको राहुलले बताएका छन्।
मणिपुरमा ३८ लाख जनसंख्या रहेको छ। यहाँ मैतेई, नगा र कुकी समूदायको बाहुल्यता रहेको छ। मैतेई बढीजसो हिन्दुधर्म मान्छन् भने नगा कुकी क्रिस्चियन। मैतेई समूदायका ५३ प्रतिशत, नगा कुकी समुदाय ४० प्रतिशत रहेको छ। मैतेई समूदायले आफूहरुलाई पनि जनजातिको सूचीमा राख्न माग गरेपछि विवाद चर्किएको बताइएको छ। उक्त समूदायले मणिपुर उच्च अदालतमा यसबारे रिटसमेत दर्ता गरेका छन्। नगा र कुकीले भने मैतेईलाई जनजातिको आरक्षण दिन नहुने भन्दै विरोध जनाइरहेको छ।
News Desk 0 response बिहिबार, असार १४, २०८०

सम्बन्धित शीर्षकहरु
चिसो मौसममा आन्दोलनको रापताप बढ्दै : विभिन्न पेशागत समूह, समुदाय र राजनीतिक दलहरू आन्दोलित
आइतवार, मंसिर १४, २०८३-
देउवा पक्षको महाधिवेशनको वैधानिकतामाथि प्रश्न खडा
आइतवार, मंसिर १४, २०८३ -
युक्रेनको आक्रमणपछि रुसको जवाफी तयारी, मदरसिप जहाजको..
आइतवार, मंसिर १४, २०८३ -
चिसो मौसममा आन्दोलनको रापताप बढ्दै : विभिन्न..
आइतवार, मंसिर १४, २०८३ -
छन्द साधनामा प्रौढ र युवापुस्ता जोड्दै रामप्रसाद..
शनिबार, मंसिर १३, २०८३ -
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३
-
चिसो मौसममा आन्दोलनको रापताप बढ्दै : विभिन्न..
आइतवार, मंसिर १४, २०८३ -
छन्द साधनामा प्रौढ र युवापुस्ता जोड्दै रामप्रसाद..
शनिबार, मंसिर १३, २०८३ -
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छन्द साधनामा प्रौढ र युवापुस्ता जोड्दै रामप्रसाद..
शनिबार, मंसिर १३, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३


