• सुजन पौडेल उर्फ रमेश वाहुन जेलबाट निस्किएपछि सामान्य र सामाजिक जीवनमा फर्किन खोजिरहेको भन्दै बज्ञिप्ति जारी गरेका छन् । त्यसकारण जेलभित्रका विभिन्न स्वार्थ समूहसँग जोडेर विवादित नपार्न उनले आग्रह गरेका छन् ।

    केन्द्रीय कारागारभित्रका नाइके, भाइनाइके तथा चौकीदारहरूले आफ्नो नाममा पैसा उठाएको भनेर आएका विषयमा चित्त नबुझेको उनको भनाई छ ।

    उनले जेलभित्र हुने कुनै पनि काम तथा सरुवा र आन्तरिक प्रशासनसँग आफ्नो सरोकार तथा संलग्नता नरहेको प्रष्ट पार्दै जेलमुक्त भइसकेको निर्दोष व्यक्तिको पछि नलाग्न सबैमा आग्रह समेत गरेका छन् ।

    गुण्डागर्दीको अभियोगमा प्रहरीले वान्टेड सूचीमा राखेका पौडेलले लागु औषध मुद्दामा १० वर्ष जेल बसेका थिए । उनी जेलभित्र चालचलन असल भएको भन्दै एक वर्ष सजाय छुट पाएर हालै सामान्य जीवनमा फर्किका छन् ।