• काठमाडौं : पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी एक हजार आठ सय ३९ जनाको नमुना परीक्षण गर्दा २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    यही अवधिमा १५ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ८८ जनामा झरेको छ । सक्रिय सङ्क्रमितमध्ये नौ जना आइसोलेशनमा, एक जना आईसीयूमा र एक जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

    यस्तै २४ घण्टामा १५ हजार पाँच सय ८५ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।