• काठमाडौं : पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पाँच सय पाँच जनाको पीसीआर परीक्षण गर्दा १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    यही अवधिमा २३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ४१ जनामा झरेको छ । सक्रिय सङ्क्रमितमध्ये १४ जना आइसोलेशनमा, पाँच जना आईसीयूमा र एक जना भेन्टिलेटरमा उपचाररत रहेका मन्त्रालयले जनाएको छ ।

    यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ हजार ७१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।