

-
काठमाडौं : नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले दुर्गमभन्दा दुर्गम ठाउँमा पनि तत्काल स्वास्थ्यकर्मी पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । पालिका, प्रदेश र सङ्घीय सरकारको समन्वयमा यो काम गर्ने उनको योजना छ ।
बिहीवार पदभार ग्रहण गरेपछि मन्त्रालयका आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले आफू कम सुतेर भए पनि मन्त्रालयको काममा खट्ने बताए । स्वास्थ्य सेवाको प्रक्रियालाई सरलीकृत गर्दै लैजाने उनको भनाइ छ ।
उनले भने, ‘स्वास्थ्य सेवाको प्रक्रियालाई सरलीकृत गर्दै दुर्गमभन्दा दुर्गम ठाउँमा पनि स्वास्थ्यकर्मी पुर्याउँछौँ । यसमा तीनै तहका सरकारसँग समन्वय गर्छौँ । म चाहिँ कम सुते हुने मान्छे, बढी खट्न सक्ने मान्छे ।’
मन्त्री बस्नेतले एक हप्ताभित्र स्वास्थ्य सामग्रीको तथ्याङ्क दुरुस्त राख्न पनि सम्बन्धित निकायलाई निर्देशन दिए । स्वास्थ्य सामग्री धेरै खरिद भएको तर त्यो प्रयोगमा नआएकाले त्यसको हिसाब दुरुस्त राखी आवश्यक ठाउँमा पठाउनुपर्ने उनको भनाइ थियो । मन्त्री बस्नेतले सरकारले खरिद गरेको स्वास्थ्य सामग्री ठूलो मात्रामा भए पनि त्यसको सदुपयोग हुन नसकेको भन्दै आपत्ति जनाए ।
मन्त्री बस्नेतले नागरिकको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर काममा खटिन स्वास्थ्यकर्मीलाई सचेत गराए ।
News Desk 0 response बिहिबार, बैशाख २१, २०८०

सम्बन्धित शीर्षकहरु
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३



