• काठमाडौं : पछिल्लो २४ घण्टामा ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी एक हजार चार सय ७३ जनाको नमुना परीक्षण गर्दा ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    यही अवधिमा ५५ जना कोरोना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय २८ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार छ सय ३५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिले सङ्क्रमितमध्ये २८ जना संस्थागत आइसोलेशन, नौ जना आईसीयू र एक जना भेन्टिलेटरमा उपचाररत छन् ।