

-
भरतपुर : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोख्रेलले सरकारी अस्पतालले दिने सेवा सुविधा प्रभावकारी हुनुपर्ने बताएका छन् । भरतपुर अस्पतालको ६७औँ वार्षिकोत्सव समारोहलाई शनिबार यहाँ सम्बोधन गर्दै उनले धेरै अस्पताल खोल्नेभन्दा पनि भएका अस्पतालबाट प्रभावकारी सेवा दिनेतर्फ केन्द्रित हुनुपर्ने बताए ।
सरकारी अस्पतालमा सेवा वृद्धि गर्न आवश्यक कर्मचारी अस्पतालले राख्न पाउने गरी मन्त्रालयले व्यवस्थापन गर्न लागेको उनले जानकारी दिए । उनले भने, “अहिले बिरामी धेरै आए भनेर डराउने होइन, गुणस्तरीय सेवा कसरी दिने भन्ने विषय महत्वपूर्ण हो ।” भरतपुर अस्पताललाई सरकारले पाँच सय शय्याको अस्पताल सञ्चालनका लागि अनुमति दिइसकेको उनको भनाइ थियो ।
कार्यक्रममा बागमती प्रदेश सरकारका स्वास्थ्यसचिव बद्रीबहादुर खड्काले सरकारी अस्पताल गरिब निमुखाको अस्पतालका रूपमा विकास गर्नुपर्ने बताए । बागमती प्रदेशको रिफरल अस्पतालका रूपमा रहेको यस अस्पतालको विकासमा प्रदेश सरकार रहेको जनाउँदै उहाँले यस अस्पताललाई शिक्षण अस्पतालका रूपमा स्तरोन्नति गर्न सकारात्मक रहेको बताए । अहिले विसं २०५१ को ‘ओएनएम सर्भे’अनुसार अस्पतालहरूमा कर्मचारी कम भएकाले सेवा प्रभावकारी बनाउन नसकिएको उनले जानकारी दिए ।
अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, अस्पताल विकास समितिका पूर्वअध्यक्ष डा भोजराज अधकिारी, अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेल, सरकारी चिकित्सक सङ्घ चितवन शाखाका अध्यक्ष डा मणिप्रसाद गौतमलगायतले बोलेका थिए । सो अवसरमा अस्पताललाई उत्कृष्ण योगदान पु¥याउने विभिन्न व्यक्ति र कर्मचारीलाई सम्मान गरिएको थियो ।
News Desk 0 response आइतवार, चैत्र २६, २०७९

सम्बन्धित शीर्षकहरु
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३



