• काठमाडौं : पछिल्लो २४ घण्टामा नौ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी एक हजार छ सय २० जनाको नमुना परीक्षण गर्दा नौ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    यही अवधिमा २४ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसँगै कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय ७५ जनामा झरेको छ ।

    २४ घण्टामा ३३ हजार दुई सय छ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।